३१ बैशाख २०८१, सोमबार । May 13, 2024

Uncategorized

हुम्लामा माइनस ८ डिग्रीमा झर्यो तापक्रम, जनजीवन कष्टकर


२२ पुस २०७७, बुधबार ००:००

0
Shares

हुम्ला । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो ।

आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्छन् । मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ । हुम्लाकोे तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेडमा झरेको छ ।

चिसोले सिमकोट आसपास चल्ने सडक अवरुद्ध भएका छन् । सडकमा हिउँ जमेपछि सिमकोट आसपास चल्ने आन्तरिक सडक अवरुद्ध भएको हो । समुद्री सतहदेखि करिब एक हजार मिटर उचाइसम्म हिमपात भएपछि हुम्लामा चिसो अत्यधिक बढेको छ ।

चिसो बढ्दै गएपछि सदरमुकाम सिमकोट बजारमा बसोबास गर्दै आएका व्यापारी, गाउँघरका सर्वसाधारणहरु आगो ताप्दै दिन बिताइरहेका छन् । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्दछन् । मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढ्दै गएपछि हुम्लाको उत्तरी क्षेत्रको जनजीवन झनै कष्टकर बनेको स्थानीयवासीले बताएका छन् ।

चिसोले सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सेवा प्रवाहमा पनि कठिनाइ भएको छ । कर्मचारीहरूले हिटर तापेर काम गरिरहेका छन् । चिसो बढेसँगै दैनिकरूपमा कार्य गर्दै आइरहेका काम पनि ठप्प भएका छन् । चिसोले गाई बाख्रा मेलापातमा पनि समस्या भएको स्थानीयवासी कमल भण्डारीले बताए ।

प्रकाशित : २२ पुस २०७७, बुधबार ००:००