५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

खेलकुद

युभेन्टस ‘इटालियन सिरी ए’ को उपाधि नजिक



काठमाडौं ६, साउन । लाजियोलाई २–१ गोलले पराजित गर्दै युभेन्टस ‘इटालियन सिरी ए’ को उपाधि नजिक पुगेको छ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो एक्लैले दुई गोल गरे । एक गोल भने पेनाल्टीबाट गरेका हुन्।

घरेलु मैदानमा भएको खेलको ५१ औँ मिनेटमा पाएको पेनाल्टीमा रोनाल्डोले गोल गरे भने खेलको ५४ औँ मिनेटमा रोनाल्डोले गोल थपे।

लाजियोका लागि खेलको ८३ औँ मिनेटमा इमोबेलीले पेनाल्टीमार्फत गोल गरे। जितपछि ३४ खेलमा युभेन्टसको ८० अंक भएको छ। दोस्रो स्थानको इन्टर मिलानको ७२ अंक मात्रै छ।

प्रकाशित : ६ श्रावण २०७७, मंगलबार ००:००