२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

ग्लोबल

पपुवा न्यूगिनीमा ६.९ म्याग्नीच्युडको भूकम्प



सिड्नी, २ साउन । पपुवा न्यूगिनीमा शुक्रवार शक्तिशाली भूकम्प आएको छ । देशको पूर्वी क्षेत्रमा ६.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकी भूगर्भ विभागले स्थानीय समयानुसार शुक्रवार दिउँसो १२ बजेर ५० मिनेटमा भूकम्प आएको जनाएको छ । राजधानीदेखि १५० किलोमिटर टाढा केन्द्रविन्दु रहेको र ८५ किलोमिटर गहिराइबाट कम्पन भएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्प आएपछि घर भित्र रहेकाहरु दौडिएर घर बाहिर खुल्ला ठाउँमा पुगेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । देशका धेरै ठाउँमा भूकम्पको महशुस गरिएको थियो ।

अधिकारीहरुले भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त नभएको जनाएका छन् । रासस

प्रकाशित : २ श्रावण २०७७, शुक्रबार ००:००