१ जेष्ठ २०८१, मंगलबार । May 14, 2024

खेलकुद

लेस्टर र म्यान्चेस्टर विजयी, अर्को सिजन च्याम्पियन्स लिग खेल्ने



काठमाडौं २, साउन । इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलहरूमा लेस्टर सिटी र म्यानचेस्टर सिटी विजयी बनेका छन्।

लिगको शीर्ष चारमा रहँदै अर्कोे सिजन च्याम्पियन्स लिग खेल्ने दौडमा रहेका दुबैले जित हात पारेका हुन्।

शेफिल्ड युनाइटेडलाई लेस्टरले र क्रिस्टल प्यालेसलाई म्यानचेष्टर युनाइटेडले समान २–० गोल अन्तरले हराएका हुन्।

लेस्टरका लागि आयोज पेरेज र डेमेराई ग्रेले समान १–१ गोल गर्दा युनाइटेडका लागि मार्कुस रासफोर्ड र एन्टोली मार्टियलले पनि समान १–१ गोल नै गरे।

जितसँगै दुई खेल बाँकी रहँदा लेस्टर र युनाइटेडको ३६ खेलबाट समान ६२ अंक भएको छ। चेल्सी भने ३६ खेलबाट ६३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित : २ श्रावण २०७७, शुक्रबार ००:००