५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

खेलकुद

रियाल उपाधि नजिक



काठमाडौं ३०, असार । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड उपाधि नजिक पुगेको छ। गएराति भएको खेलमा उसले ग्रानडालाई २–१ गोल अन्तरले पराजित गर्याे।

रियाललाई विजयी गराउन फर्लाण्ड मेण्डी र करिम बेन्जमाले एक एक गोल गरे। ग्रानडाका डार्वीन माचेसले एक गोल फर्काए।

जितसँगै अब लिगाको उपाधि हत्याउन रियालले एक खेल मात्रै जिते पुग्नेछ। दुई खेल खेल्नै बाँकी छ। रियालको ८३ अंक छ। दोस्रो स्थानमा रहेको बार्सिलोनाको ७९ अंक छ।

यो लिग जितेको अवस्थामा रियालको कीर्तिमानी ३४ औं पटक जित हुनेछ। गएराति नै भएको अन्य खेलहरूमा रियाल सोसिडाडले भियारियाललाई २–१ ले हराउँदा गेटाफे र डेपोर्टीभो आलाभेजले गोलरहित बराबरी खेलेका छन्।

प्रकाशित : ३० असार २०७७, मंगलबार ००:००