६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

ग्लोबल

अन्ततः ट्रम्पले लाए मास्क



काठमाडाैं २८, असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तत: सार्वजनिक फोरममा मास्क लगाएका छन् । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारीबाट जोगिनका लागि मास्क अनिवार्य लगाउनुपर्ने बताउँदै पनि ट्रम्पले मास्क प्रयोग गर्न अस्वीकार गर्दै आएका थिए ।

राष्ट्रपति ट्रम्पले वाल्टर रिट मिलिटरी हस्पिटलमा घाइते भएका सेनालाई भेट्न जाने क्रममा उनले मास्क लगाएका हुन् । 

उनले ह्‍वाइटहाउसबाट बाहिरिँदा भने, “म मास्क प्रयोगको विरोधी होइन । तर, त्यो कस्तो समय र स्थानमा लागउनुपर्छ भन्‍ने कुरामा विश्वास गर्छु।”  उनले यसअघि मास्क प्रयोग गर्न अस्वीकार गर्दै राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार जो बाइडेनलाई मास्क प्रयोग गरेको विषयमा जिस्क्याएका थिए । 

तर, शनिबार उनले भने, “मलाई लाग्छ, जब तपाईंहरु अस्पतालमा हुनुहुन्छ, धेरै मानिसहरुसँग कुराकानी गर्दैं हुनुहुन्छ भने  विशेष अवस्थाहरुमा मास्क लगाउनु आवश्यक छ ।” अमेरिकामा शनिबार एकैदिन ६६ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित देखिएपछि उनले मास्क प्रयोग गरेका हुन्  । – बीबीसी

प्रकाशित : २८ असार २०७७, आइतबार ००:००