२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

समाचार

चाैंथाे दिन पनि ओली–प्रचण्ड वार्ता, छाड्लान् त ओलीले प्रधानमन्त्री?



काठमाडौं २४, असार । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच वान टु वान वार्ता सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीभित्रको विवाद टुङ्ग्याउन वार्ता सुरु भएको हो। वार्तामा पार्टीका एक जना अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने अडान राख्दै आएका छन्।

तर, अध्यक्ष ओलीले राजीनामा नदिने भन्दै आएका छन्। दुई अध्यक्षबीचको वार्तामा प्रगति नहुनुको पछाडि प्रधानमन्त्री पद कारक रहेको एक नेताले बताए।

यसअघि भने प्रचण्डसहित वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायत सचिवालयका बहुमत सदस्य र स्थायी कमिटीका पनि बहुमत सदस्यले ओलीले पार्टी र सरकार सञ्चालन प्रभावकारी ढंगले सञ्चालन नगरेको भन्दै दुबै पदबाट राजनीनामा दिनु पर्ने माग गर्दै आएका थिए।

तर, पार्टी फुट नजिक पुगेपछि प्रचण्डले अध्यक्ष पद छाडेर प्रधानमन्त्री पदबाट मात्रै भएपनि राजीनामा दिनु पर्ने अड्डी कस्दै आएका छन्।

दुई अध्यक्षबीच वार्ताकै लागि पटक–पटक पार्टीको बैठक स्थगित गरिँदै आएको छ। आज तय भएको बैठक पनि पर्सी बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।

प्रकाशित : २४ असार २०७७, बुधबार ००:००