२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

खेलकुद

२० औं जर्मन कपको उपाधि बार्यन म्युनिखलाई



काठमाडौं २१, असार । बार्यन म्युनिखले बायर लेभरक्युजनलाई हराउँदै कीर्तिमानी २० औं जर्मन कप उपाधि जितेको छ। बार्यनको यो १३ औं डोमेस्टिक डबल उपाधि हो।

गएराति भएको लेभरक्युजनसँगको उपाधि भिडन्तमा डेभिड अलाबाको फ्रिकिकको मद्दतले बायर्नले अग्रता लियो।त्यसपछि सर्जी ग्नाब्री र लेवान्डोस्कीले १/१ गोल थपे।

लेभरक्युजनका लागि भने स्भेन बेन्डरले एक गोल फर्काए। तर, त्यसपछि लेभरक्युजनले थप गोल गर्न सकेन।

सिजनमा बार्यनले लगातार २६ खेल अपराजित खेल्दै अर्को कीर्तिमान पनि रच्यो।

उसले १ खेल मात्रै बराबरी खेल्दा लागतार १७ औँ खेलमा जीत हासिल गरेको थियो। लेभरक्युजन भने फेरि अभागी टिम बनेको छ।

प्रकाशित : २१ असार २०७७, आइतबार ००:००