२० बैशाख २०८१, बिहिबार । May 2, 2024

समाचार

पेस्तोलसहित एक जना पक्राउ



काठमाडौं १२, असार । धनुषाको जनकपुर उपमहानगरपालिका–१९ बाउन्न बिगाहाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्।

जनकनन्दनी गाउँपालिका–१ घर भएका श्याम सहनी पक्राउ परेका हुन्। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो।

उनले चलाउने प्रदेश २–०२–००१ प ३९१४ नम्बरको मोटरसाइकलमा पेस्तोल फेला पारेको र उनीविरुद्ध प्रहरीले हातहतियार खरखजना सम्बन्धी कसूरमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

केही वर्ष यता तराईका जिल्लाहरूमा साना हतियारको बिगबिगी बढ्दो क्रममा छ।

प्रकाशित : १२ असार २०७७, शुक्रबार ००:००