१८ बैशाख २०८१, मंगलबार । May 1, 2024

खेलकुद

चेल्सीले सिटीलाई हराउँदा इङ्लिस प्रिमियर लिगको उपाधि लिभरपुललाई



काठमाडौं १२, असार । ३० वर्षपछि बल्ल लिभरपुलले इङ्लिस प्रिमियर लिगमा उपाधि उचाल्ने पक्का भएको छ। गएराति भएको खेलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई २–१ ले हराएपछि उपाधि उसकै पोल्टामा जाने निश्चित भएको छ।

चेल्सीका लागि क्रिस्चियन पुलिसिच र विलियनले समान १–१ गोल गरे। सिटीका लागि केभिन डे ब्रायनले सान्तावना गोल फर्काए।

लिभरपुलका लागि यो संस्करणको उपाधि सन् १९९० पछिको उपाधि हुनेछ। त्यसयता दाबेदार बनेपनि उपाधि हत्याउनबाट भने पटक–पटक चुकेको थियो। लिभरपुलललाई बेलायती फुटबलको सफल टोली पनि मानिन्छ।

अब लिभरपुलका लागि यो संस्करणको उपाधि सन् १९९० पछिको उपाधि हुनेछ। त्यसयता उपाधी दाबेदार बनेपनि उपाधी हत्याउनबाट भने पटक–पटक चुकेको थियो। तर, सन् १९९० अघि भने उसले १८ पटक उपाधि उचालेको थियो। यसले गर्दा लिभरपुललाई बेलायती फुटबलको सफल टोलीमध्येको एक मानिन्छ।

जारी लिगमा ७ खेल खेल्नै बाँकी छ। तर, दोश्रो स्थानमा रहेको सिटीको पराजयपछि शीर्ष स्थानमा रहेको लिभरपुलको जीत निश्चित भएको हो। यी दुई टोलीबीचको अंक दूरी नै २३ पुगेको छ।

प्रकाशित : १२ असार २०७७, शुक्रबार ००:००