२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

ग्लोबल

लकडाउन खुकुलो बनाए लगत्तै युरोपमा संक्रमण फेरि बढ्यो



काठमाडौं १२, असार । लकडाउन खुकुलो बनाएसँगै युरोपमा कोभिड–१९ भाइरसको संक्रमण फेरि फैलिएको छ। युरोपमा केही दिन यता दैनिक २० हजारका मानिसमा संक्रमण देखिएको छ

विश्व स्वास्थ्य संगठनले दैनिक मृत्यु हुनेको सङ्ख्या पनि सात सय बढी हुन थालेको जनाएको छ। युरोपका ५४ देश र सात विशेष क्षेत्रमा हालसम्म २६ लाख संक्रमित भएको र १ लाख ९५ हजार बढीको मृत्यु भएको छ।

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ९० हजार नाघेको छ।
विश्वभर कोरोना संक्रमितको सङख्या ९६ लाख ९८ हजार पुगेको छ। साढे ५३ लाख संक्रमित निको भएका छन्।

प्रकाशित : १२ असार २०७७, शुक्रबार ००:००