१८ बैशाख २०८१, मंगलबार । May 1, 2024

खेलकुद

थप ७ जना पाकिस्तानी क्रिकेटरमा कोरोना संक्रमण, संक्रमित खेलाडीको सङ्ख्या १० पुग्यो



काठमाडौं १०, असार। पाकिस्तानका सात जना क्रिकेटरलाई कोरोना संक्रमण भएको छ।

पाकिस्तानी क्रिकेट बोर्डले राष्ट्रिय टोलीका क्रिकेटरहरू फखर जमा, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन। मोहम्मद रिजवान र वहाब रियाजलाई संक्रमण पुष्टि भएको जनाएको छ।

राष्ट्रिय टोलीका यती धेरै क्रिकेटर कोरोना संक्रममित भएपछि पाकिस्तान र इंल्याण्डबीच निर्धारित टेस्ट र टी–२० म्याच प्रभावित भएको छ। यसअघि बोर्डले शादाब खान, हारिस रउफ र हैदर अलीलाई संक्रमण भएको जनाएको थियो।

पाकिस्तानमा कोरोना संक्रमण तीब्र गतिमा भइरहेको छ। पाकिस्तानी सरकारका अनुसार त्यहाँ हालसम्म ८५ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ भने चार हजार बढीले ज्यान गुमाएका छन्।

प्रकाशित : १० असार २०७७, बुधबार ००:००