१९ बैशाख २०८१, बुधबार । May 1, 2024

खेलकुद

एस्टोन भिल्लामाथि चेल्सीको जीत



काठमाडौं ८, असार । गएराति भएको इङलिस प्रिमियर लिगअन्तर्गतको खेलमा चेल्सी विजयी भएको छ।

एस्टोन भिल्लामाथि उसले २–१ अन्तरको जित निकाल्यो। पहिलो हापमा १ गोलले पछि परेको चेल्सीका लागि ६० औं मिनेटमा क्रिस्टियन पुलिसिक र ६२ औं मिनेटमा ओलिभर जिराउडले गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे।

एस्टोन भिल्लाका लागि भने कोर्थनी हउसले खेलको ४३ औं मिनेटमा गोल गरेका थिए। घरेलु मैदान भिल्ला पार्क स्टेडियममा चेल्सीविरुद्द गोल गर्दै हउसले टिमलाई अग्रता दिलाएको भएपनि अन्नतः चेल्सीले पुनरावगमन लियो।

जितसँगै चेल्सी ५१ अंकसहित चौथो स्थानमा उक्लियो। एस्टोन भिल्ला १९ औं स्थानमा छ। २६ अंक रहेको उसको रेलिगेसनमा पर्ने चिन्ता छ।

प्रकाशित : ८ असार २०७७, सोमबार ००:००