१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

खेलकुद

फुटवलमा नेपाललाई स्वर्ण



मंसिर २३, काठमाडौं । १३ औ दक्षिण एसीयाली खेलकुद परिषद अन्तर्गत आज सम्पन्न भएको पुरुष तर्फको फूटवल फाइनल खेलमा आयोजक राष्ट नेपालले भुटानलाई २–१ ले हराउँदै स्वर्ण पदक जित्न सफल भएको छ ।
आज दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल द्वारा भुटान २–१ ले पराजित भएको हो । भुटान नेपालसंग पराजित भएपछि रजत पदकमै चित्त बुझउनु परेको छ । फूटवलको फाइनल खेल समाप्त संगै जारी १३ दक्षिण एसियाली खेलकुद समाप्त भएको छ । १३ औं दक्षिण एसीयाली खेलकुदको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलिले भिडियो कन्फेरेन्स मार्फत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : २४ मंसिर २०७६, मंगलबार ००:००