२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

खेलकुद

साग खेलकुद अन्तर्गत आज भएको महिला भलिबलमा नेपालको सुखद विजयी सुरुवात



११ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३(० को सोझो सेटमा हराएको हो ।त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपाल २५(९, २५(९, २५(११ ले विजयी भएको हो । नेपालको जितमा प्रतिभा मालिले उत्कृष्ट प्रदर्शन गरिन् ।

पहिलो पटक राष्ट्रिय टिममा परेकी उषा भण्डारी र हिरा केसीले पनि राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् । ।खेलअघि युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले अफिसियललाई बल हस्तानतरण गर्दै खेलको उद्घाटन गरेका थिए ।

प्रकाशित : ११ मंसिर २०७६, बुधबार ००:००