२३ बैशाख २०८१, आइतबार । May 6, 2024

समाचार

चकलेट र पैसा दिएर बालिकालाई फकाउने र चोर्ने भारतीय नागरिक प्रहरी नियन्त्रणमा



मंसिर १०,सप्तरी, राजविराज । घर आँगनमा खेल्दै गरेकी एक बालिकाको चोरी अभियोगमा मंगलबार एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल राज्यको शिलीगुरी ठेगाना बताउँने ५० बर्षिय बिनोद साहा प्रक्राउ परेका हुन् । बंगाली भाषा मात्र बोल्न जान्ने साहा पटक पटक आफनो ठेगाना परिवर्तन गर्ने भएकाले उनको बास्तविक ठेगाना पत्ता लगाउन कठिन भईरहेको प्रहरीले जनाएको छ ।

यसका लागी अनुसन्धानका क्रममा बंगाली भाषा बुझने स्थानिय एक जनाको सहयोग समेत लिईएको डिएसपी तिलक भारतीले बताए । पक्राउ परेका साहाले मानसिक सन्तुलन गुमाएको जस्तै व्यवहार देखाई रहेका छन् । डिएसपी भारतीले भने, उनले घटनाबाट जोगिन मानसिक सन्तुलन गुमाएको नाटक गरेका हुन वा बास्तवमै बच्चा चोरी गर्ने काम गर्छन बारे यकिन गर्न सवैकोणबाट अनुसन्धान भईरहेको छ ।

प्रहरीले उनको साथबाट एक थान मोबाईल र पुजामा प्रयोग हुने एक थान घण्टी समेत बरामद गरेको छ । उनलाई बिहान ९ बजे तिर स्थानिय पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा कक्षा ३ मा पढने ५ बर्षिया बालिका निशा चौधरीलाई लिएर जाँदै गरेको अवस्थामा स्थानियले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

‘सप्तरीको विष्णुपुर गाउँपालिका ७ निवासी मनिक लाल चौधरीकी ५ बर्षिया छोरी निशालाई विद्यालय जान लाग्दा बाटोमै चकलेट र १ सय रुपैयाको भारतीय नोट दिएर फकाएर लैजादै गर्दा सरस्वती टोल निजकैबाट स्थानिय मिली ति भारतिय नागरिकलाई पक्राउ गरको हौ ।’ वडा नं। ५ का वडाध्यक्ष समिर झाले भने । आक्रोशित स्थानिय बासीले कुटपिट गरी ज्यानै मार्ने अवस्था देखिएपछि प्रहरीलाई खबर गरेका थियौं ।

अहिले प्रहरी हिरासतमा रहेका साहासँग आवश्यक सोधपुछ भईरहेको डिएसपी भारतीले बताए । बालिकालाई मंगलबारै प्रधानाध्यापक अरुण कुमार झाको रोहबरमा उनको अभिभावकको जिम्मा लगाइएको छ । गत कातिक १४ गते पनि हनुमाननगर कंकालिनी नगरपालिका ४ स्थित आफनो मामाको घर आँगनमा खेल्दै गरेकि एक ६ बर्षिया बालिकालाई चकलेट र विस्कुटको प्रलोभन दिई साईकलमा राखेर भारततर्फ लैजादै गरको अवस्थामा दुई भारतीय नागरिक पक्राउ परेका थिए ।

पक्राउ परेका भारत विहार राज्यको सुपौल जिल्ला निवासी २० बर्षिय आनन्द गोश्वामी र २२ बर्षिय अमिर झा अहिले पनि अनुसन्धानको शिलशिलामा हिरासतमै रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । केही साता अघि दुई भारतीय नागरिक यसै अभियोगमा पक्राउ परेका थिए ।

प्रकाशित : १० मंसिर २०७६, मंगलबार ००:००