२७ बैशाख २०८१, बिहिबार । May 9, 2024

खेलकुद

एन्फा द्वारा राष्ट्रिय टिमबाट चार खेलाडि निस्काशन



३० कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नाइट क्लव गएको आरोपमा राष्ट्रिय फुटवल टिमबाट ४ जना खेलाडीलाई टिमबाट निस्काशन गरेका छन् । उनीहरुलाई शुक्रवार राती ठमेलको नाइट क्लवमा भेटिए पछि राष्ट्रिय टीमका बिलम घर्ती मगर र अञ्जन विष्टसहित चार खेलाडीलाई राष्ट्रिय फुटबल टिमबाट हटाएको हो।

विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्नु अघि बन्द प्रशिक्षण्मा रहेका उनीहरु शुक्रबार राति ठमेलको क्लबमा गएपछि एन्फाले कारबाही गरेको जनाएको छ । एन्फाले तत्काललाई बिमल, अञ्जनसँगै दिनेश राजवंशी र सन्तोष तामाङलाई टिमबाट हराएको जनाएका छन् ।

प्रकाशित : ३० कार्तिक २०७६, शनिबार ००:००