२० बैशाख २०८१, बिहिबार । May 2, 2024

रोचक

शरिर भरी शिक्का, २८ किलोको ज्यानमा २० किलो सिक्का



पोखरा हेम्जाका करिब ५० बर्षिय रामबहादुर परियार यतिवेला शिक्का बाबाले टोलमा परिचित छन् । उनको शरिरमा लगाउने लुगामा उनले २०६ देशका शिक्का टाँसेका छन् । उमेरले ५० नाघेका शिक्का बाबाको तौल भने २८ किलो ग्राम मात्रै छ । उनले लगाउने लुगामा टाँसिएको शिक्काको तौल भने २० किलोको रहेको छ ।
कपडा भरी शिक्का टाँसेर हिड्नु उनको रहर भने होइन शरिर भरी शिक्का टाँसेर अनौठो काम गरेर समाजमा चिनिनु छ उनलाई । उनको अर्को मुख्य उद्देश्य भनेको टोलमा मन्दिर बनाएर मन्दिरमा जम्मा भएको भेटीबाट अर्थिक अवस्था कमजोर भएका र सामाजिक धार्मिक लगायत हरे तहबाट पछाडी पारिएका बालबालिकालाई उचित शिक्षा दिक्षा दिनु आफ्नो मुख्य उद्देश्य रहेको उनले बताए । शिक्का बाबा अहिले अविवाहित छ ।

प्रकाशित : २९ कार्तिक २०७६, शुक्रबार ००:००