२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

रोचक

महाभारतको एक घटना : अर्जुनले केही गर्दा पनि हराउन नसकेका पात्र हुन् –वनवासी उर्फ किरात शिवजी



facts about arjun and Shivji, mahabharata prasang, mahabharata katha


हाम्रो मानसपटलमा महाभारतको विषय आउने वितिकै कौरव र पाण्डवीचको युद्धले प्रवेश पाइहाल्छ । कौरव र पाण्डववीच युद्ध हुने वेला थियो । अर्जुन भने महाभारतको युद्ध हुन अगाडि देवराज इन्द्रको दिब्य शास्त्र पढ्न चाहान्थें त्यसैले अर्जुनले इन्द्रको शरण लिन अनेकौं प्रयास पछि उनले इन्द्रलाई भेट्न पुग्यो र अर्जुनले इंद्रकील पर्वतमाथि पहुँच स्थापित गरे जहाँ इन्द्र प्रकट भएका थिए र इन्द्रले अर्जुनलाई भने,‘मेरो दिब्यशास्त्र प्राप्त गर्न अगाडि शिवजीलाई प्रसन्न बनाउनु पर्छ ।’ यस्तो निर्देशन आएपछि अर्जुन शिवजीलाई प्रशन्न बनाउन गहिरो तपस्यामा बस्न शुरु गरे । यसरी अर्जुन तपस्यारत रहेको अवश्थामा अचानक एक असुर देखा परे हठात त्यो असुरले सुँगुरको रुपधारण गर्न पुग्यो । अर्जुनले उक्त सुँगुर मार्नका लागि बाण प्रहार गर्न आँटेको मात्र के थिए, किरात अर्थाथ वनवासीे शिवजी भेषमा हठात प्रकट हुन पुग्यो । किरात शिवजीले अर्जुनको बाण चलाउन रोक्न पुगे ।

अर्जुन तपस्यारत रहेको अवस्थामा अचानक एक असुर देखा परे हठात त्यो असुरले सुँगुरको रुपधारण गर्न पुग्यो । अर्जुनले उक्त सुँगुर मार्नका लागि बाण प्रहार गर्न आँटेको मात्र के थिए शिवजी हठात प्रकट हुन पुग्यो ।

वनवासी किरातले अजुर्नलाई भन्यो–‘यस सँुगुरमाथि मेरो अधिकार छ त्यसैले यस सुँगुरलाई मैले आफ्नो लक्ष्य बनाएको हो । यस सुँगुरलाई तिमी केही गरेर मार्न सक्तैनौं ।’ तर अर्जुनले वनवासीको भनाईलाई केही गरेर स्वीकार्न सकेन र अर्जुनले सुँगुरमाथि बाण प्रहार ग¥यो वनवासीले पनि तुरुन्तै नै एक बाण सँगुरमाथि हावामा छोड दियो र दुवैको वाणले एकसाथ सुँगुरमाथि प्रहार गरे र सुँगुर ढल्यो । यो सँुगुर कसको बाणले ढल्यो ? भन्ने विषयमा अर्जुनले मेरो प्रहारले ढलेको हो भनेर वनवासीसँग दावी गर्यो त्यसैले यो सँगुरमाथि दुवैले आआफ्नो अधिकार रहेको भनि अर्जुनले अडान छाडेनन् । तर,अजुनलाई यो कुरा थाहा थिएन कि त्यो वनावासीको भेषमा रहेको व्यक्ति स्वयम शिवजी हो भनेर । यसरी विवाद बढ्दै गयो र दुवै युद्ध गर्नका लागि तयार भए ।
बनवासीमाथि अर्जुनले आफ्नो धनुषवाण वनवासीमाथि वर्षायो तर एउटा पनि वाणले वनवासीलाई लागेन । भगिरथ प्रयास गरेपनि अर्जुनले वनवासीलाई हराउन केही गर्दा नि सकेनन् । त्यसपछि अजुर्नले लाग्यो यो वनवासी कुनै सामान्य मान्छे नभएर कुनै शक्तिशाली व्यक्ति हुुनु पर्छ । उतिखेरै बनवासीद्धारा अर्जुनमाथि वाण प्रहार गरे अजुर्न सहन नसकेर अचेत बन्न पुग्यो । केहि छिन पछि अर्जुनको फेरि होश आयो र उनले माटोमा एउटा शिवलिंग बनाए त्यस शिवलिंगमाथि एउटा माला चढाए । अर्जुनद्धारा शिवलिंगमाथि चढाएको जुन माला उनले वनवासीको गलामा पहिराएको देख्न पुग्यो र बल्ल अर्जुनलाई थाहा भयो कि शिवजी नै वनवासीको भेष धारण गरेको कुरा । त्यसपछि अर्जुनले शिवजीको पूजा आराधना गर्न थाल्यो । शिव जी पनि अर्जुनको पराक्रमदेखि प्रसन्न भए र पशुपति दिलाए । शिवजीको प्रसन्नता प्राप्त गरेकाले अर्जुन देवराज इन्द्रको सरणमा पुग्यो र दिब्यशास्त्र प्राप्त गर्न अर्जुन सफल भए ।

प्रकाशित : ३ कार्तिक २०७६, आइतबार ००:००