१६ जेष्ठ २०८२, बिहिबार । May 29, 2025

रोचक

‘चुम्बन’ गर्न खोज्दा पुगे प्रहरी हिरासतमा



काठमाडौं १२, असार । मोरङमा रहेको कोशी अञ्चल अस्पतालको ‘फिमेल मेडिकल वार्ड’ मा बिरामीको कुरूवा बसेकी एक महिलालाई चुम्बन गर्न खोज्दा पक्राउ परेका छन्।

सुतेको अवस्थामा रहँदा ती महिलालाई चुम्बन गर्न खोजेको भन्दै २२ वर्षीय सुरजकुमार मण्डल बिराटनगर महानगरपालिका वडा नम्बर – ७ बाट पक्राउ परेका हुन्। उनी कटहरी गाउँपालिका वडा नम्बर–४ का हुन्।

प्रहरीले उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा जिल्ला अदालत मोरङमा म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित : १२ असार २०७७, शुक्रबार ००:००