२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

समाचार

थिमिमा अपराध शून्य अभियान



महानगरीय प्रहरी वृत्त थिमिले चाडपर्वका बेला विभिन्न आपराधिक घटना रोकथाम गर्न ‘अपराध शून्य’ अभियान सञ्चालन गरेको छ । चाडपर्व नजिकिँदै गर्दा चोरी र अन्य अपराधका घटना रोक्ने उद्देश्यले श्रव्यदृश्यसहितको अभियान थालेको हो ।

प्रहरी वृत्त थिमिले अपराध न्यून गर्न शहरी क्षेत्रदेखि गाउसम्म उक्त अभियान सञ्चालन गर्न लागेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । वृत्तले चाङ्गुनारायण नगरपालिका–२ दुवाकोटमा आज बृहत् ¥याली निकालेको थियो । यस्तै सूर्यविनायक नगरपालिका–१ सिरुटारका टोलटोलमा समेत ¥याली निकाल्नाका साथै शान्ति सुरक्षा र डेङ्गु नियन्त्रणबारे अन्तक्र्रिया आयोजना गरिएको थियो । 

यसैगरी सूर्यविनायक–४ दधिकोटको गाम्चादेखि हर्षचोकसम्म पनि ¥याली निकालिएको कोइरालाले बताउनुभयो । “अभियान दशैँ–तिहारसम्म सञ्चालन गछौँ”, उहाँले भन्नुभयो । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत उक्त अभियान सञ्चालन गरिएको हो । 

प्रकाशित : ३१ भाद्र २०७६, मंगलबार ००:००