३० बैशाख २०८१, आइतबार । May 13, 2024

ग्लोबल

सिरियाली विद्रोहीको शिविरमा आक्रमण हुँदा ४० लडाकूको मृत्यु



बेरूत, लेबनान, भदौ १४ । सिरियाली विद्रोहीको प्रभावक्षेत्र मानिने इदलीब प्रान्तमा जिहादी समुदायको भेलामा शनिबार क्षेप्यास्त्रमार्फत गरेको आक्रमणमा कम्तीमा ४० विद्रोही लडाकूको मृत्यु भएको सिरियाली युद्ध अनुसगमनकारी संस्थाले जनाएको छ । रूसले युद्धविराम घोषणा गरेको केही घण्टाभित्र नै उक्त आक्रमण भएको हो । सिरियाली मानव अधिकारवादी संगठनका प्रमुख रमी अदेल रहमानले बताउनुभयो, “स्थानीय हुरास अल–दीन, अन्सार अल–ताहिद र अन्य सहयोगी समूहले इदलीब नजिकैको तालिम शिविरभित्र भेला गरिरहेको समय उक्त आक्रमण भएको जानकारी प्राप्त भएको छ ।” आक्रमण कसले गरेको भन्ने तत्काल थाहा हुन नसकेको र मिसाइल युद्धक विमानबाट वा जमिनबाट हानिएको भन्ने थाहा भैनसकेको उक्त संस्थाले जनाएको छ ।

प्रकाशित : १४ भाद्र २०७६, शनिबार ००:००