१९ बैशाख २०८१, बुधबार । May 2, 2024

बिचार

जनविरोधी मूलधारको मीडीया



मूलधारको मीडीयाले कसरी कसको पक्षमा “सहमती” उत्पादन गरेर सर्वसाधारण जनता विरोधी काम गर्छ? यसबारे एडवार्ड एस हेर्मन र नोम चोम्सकीले एउटा लेख लेखेर सन्सारभरिका मूलाधारका मीडीयाहरूको कालो नियतको पर्दा खोलिदिए ।

अमेरिकामा “मूलधारको मिडीया” १९९० तिर सुरु भयो । जसले राजनैतिक नेता, कर्मचारी, धनवान, धार्मीक नेता, राष्ट्रपति, मन्त्री, बैंकर, नामी हिरो-हिरोइन, अनुसन्धानकर्ता आदिले बोलेका-भनेका-लेखेका धारणाहरूको जानकारी गराईन्थ्यो । सन्सारको जनसंख्या ७ बिलियन नाघिसक्यो, “मूलधारको मिडीया”मा मुख देखाएर बोल्नेहरूको संख्या जम्माजम्मी ३-४ सय होलान् । बस् । यिनै ३-४ सयले साढे सात बिलियन पुग्न लागेको मानिसको दिमाग भुटिरहेकाछन् । यही हो “मूलधार मिडीया” । यहुदीहरूले अमेरिकालाई नै नियन्त्रण गर्दै आएकाछन् । अमेरिकाको मिडीयालाई सात जना यहूदीले संचालित गर्छन् । यिनैले “मूलधार मिडीया” चलाउँछन् र अमेरिकी सरकार समेतलाई थर्काउँने हैसियत राख्छन् । यिनैले प्रचार-प्रसार गरेको कुरा धेरै अमेरिकनहरूका दिमागमा “सत्य” बनेर छापिन्छ र यिनैले अमेरिकीहरूलाई मूर्ख बनाईरहेकाछन् ।

“मूलधारको मिडीया”ले कसरी “सहमती” उत्पादन गर्छ?: केही प्रोपोडाण्डाका मोडल मार्फत “सहमती उत्पादन” गरिन्छ । कुनै पनि सूचनालाई पाँच किसिमका फिल्टरहरूबाट गुज्रिनु पर्दछ । ती फिल्टरहरू हुन्:१। स्वामित्व: नाफामुलक व्यापार-व्यवसायको रुपमा मिडीयामा एक (या धेरै) धनी र शक्तीसाली मानिसहरूले मिलेर लगानी गरेका हुन्छन् । यी मिडीया मुगलका स्वार्थको प्रतिकुल सूचना “फिल्टर” गरेर फालिन्छन् ।२। विज्ञापन: मिडीया हाउसहरू मुनाफाकै निम्ती काम गर्नेहरूले दिने “विज्ञापन दाता”हरूमा निर्भर गर्छन् । अर्थात, “मिडीया हाउस”हरू र “विज्ञापन दाता”हरूको स्वार्थ मिल्छ । धेरै विज्ञापन आउँनु नै “मिडीया हाउस”को “गुड न्यूज” पनि हो र “ब्रेकिङ न्यूज” पनि हो । विज्ञापन जसले दिन्छ उसैको स्वार्थ रक्षा गर्नु नै “पोलिटीकल ईकोनोमी” हो । पुन:श्च: कुनै राजनैतिक पार्टी र कुनै नेताको पनि मिलाएर विज्ञापन गर्ने कला र चातुर्य दुबै “मूलधारको मिडीया”सँग हुनै पर्छ नत्र टिक्दैन ।

३। स्रोत छनौट: पत्यारिला मिडीया हाउसहरूले सरकारी तथा स्थापित संघ-सँस्था वा व्यवसायिक घरानाहरूलाई मात्र सूचनाको स्रोत बनाउँछन् । ‘द न्यूज’ पत्रिकाले ‘कुनै पनि विदेशका खबरहरू अमेरिकी सरकार विरोधी छ भने त्यसलाई “फिल्टर” गरेर फालिन्छ भनि स्वीकार गर्दछन् । “न्यूयोर्क टायम्स” र “वाशिंटन पोष्ट”ले गरेको एक अध्ययन अनुसार यी पत्रिकाहरूमा प्रकाशित २८५० घटना-कथा-सूचना मध्ये ८०% घटना-कथा-सूचना सरकारी घोषणाहरूमा आधारित थिए । जसले अमेरिकी सरकार “राम्रो” छ भन्ने “सहमती उत्पादन” गरि खुवार छदाउँने काम गर्छन् ।

सोभियत सँघको पत्रिका ‘प्राब्दा’को ७९% विषयवस्तुको स्रोत सरकारी प्रेस कन्फरेन्स वा सरकारी प्रेस रिलिजलाई नबनाएर “नागरिकहरुका आरोपहरु, प्रश्नहरू तथा उनका सवालहरू”लाई आधार बनायो । जसले सोभियत संघलाई धाराशयी पार्ने “सहमती उत्पादन” गर्‍यो भनिन्छ । अर्थात मिडिया दुईधारे तरबार हो ।

४। आलोचना: यो “फिल्टर” बारे उदाहरण – खराब सरकार र ठूला व्यवसायिक घरानाहरूलाई पनि उनको “पेल्न सक्ने हैसियत”लाई ध्यान दिएर मात्र मिडीयाले आलोचना गर्छ (नत्र करोडौँको विज्ञापन रोकिन्छ, मिडीया लाईसेन्स खोसिन्छ) । या, आलोचना जनताले नपत्याए आफै “बेकुफ भईने” संभावना पनि रहन्छ । लण्डन कलेज अफ प्रिन्टिङका निर्देशक भन्छन् – “कुनै पनि न्यूज डेस्कमा बस्नेले कोकाकोला खाए क्यान्सर हुन्छ ।” भन्ने न्यूज लेख्न आँटै गर्दैन । यो न्यूज जसले लेख्छ उसलाई कसैले पत्याउँदैन बरु त्यो न्यूज लेख्नेकै कारण उसको व्यवसायिक (Professional) “ईमेज” नै “ड्यामेज” हुन सक्छ ।

५। विचारधारा: शीतयुध्दका बेला धेरै “मिडीया”हरूले कम्युनिष्टलाई नकारात्मक रुपले पेश गरिएका “न्यूज”, “फिचर” तथा “सामग्री”हरू विचारधाराकै आधारमा भरमार छापेर प्रोपोगाण्डा गरे । सन्सारभरिका पाठक-दर्शकहरुको मनमा ‘कम्युनिष्ट भनेका राक्षसभन्दा पनि खराब हुन्’ भन्ने सहमती बन्यो । जसले सोभियत संघलाई धराशायी पार्ने “सहमती उत्पादन” गर्‍यो भन्नै पर्छ ।

नेपालमा “मूलधार मिडीया” र सहमती उत्पादनः महेन्द्रीय पञ्चायती व्यवस्थाका बेला रेडियो नेपालले सुरुमै ‘हिन्दु भजन’को शंखघण्टको आवाज र राजाको “महावाणी”बाट कार्यक्रम सुरु गर्दथ्यो । राजालाई विष्णुको अवतार भनेर प्रचार गर्थ्यो । तेतिखेरै गोरखापत्र, राईजिङ नेपाल र केही राजावदी साप्ताहिक (गरेर ७-८ वटा) पत्रिकाले पनि पञ्चायतले गरेका कामको गुणगान गरेर “सहमती उत्पादन” गर्थे । यसरी नै ७-८ वटा पत्रपत्रिकाले अढाई करोड नेपालीलाई मूर्ख बनाएर पञ्चायतलाई ३० वर्ष घिसार्दै ल्याए ।

जनआन्दोलन भाग २ उठ्यो र तेतिबेला सैयौँ एफएम रेडियो र हजारौँ पत्रिकालेले राजसँस्थाको विरुद्धमा र आन्दोलनको पक्षमा दनादन प्रचार गरेर ‘राजाको शासन ठिक छैन’ भन्ने “सहमती उत्पादन” गरिदिए । राजा ज्ञानेन्द्र नारायणहिटीबाट “गेट आउट” र अढाइसय वर्ष सम्म शासन गरेको शक्तीसाली सामन्ती दुर्ग “राज सँस्था” ढल्यो ।वर्तमान नेपालमा “मूलधारको मिडिया”ले कस्तो “सहमती उत्पादन” गरिरहेछ? देखिएका कुरा (Observations) हरूः

१) भारतीय टिभी कार्यक्रमहरूले नेपालमा भारतीय राजनीति, हिन्दु सामन्ती सँस्कृती तथा भारतीय पुँजीवादी सँस्कृती “ठीक छ” भन्ने “सहमती उत्पादन” गरिरहेछन् ।

२) बीबीसी, सीएनएन, अलजजीरा, डिस्कभरी, टीएलशी, स्पोर्ट्स च्यानलहरू, नेशनल ज्योग्राफिक च्यानल, आदीले “पाश्चात्य पुँजीवादी ठीक” भन्ने “सहमती उत्पादन” दिनरात गरिरहेछन् ।

३) नेपालका एफएम रेडियोहरूले प्रसारण गर्ने “सिण्डिकेटेट” कार्यक्रमहरूले धेरै हद सम्म भारतकै सँस्कृती र पाश्चात्य ज्ञान तथा प्राविधिक साम्राज्यवाद “ठीक छ” भन्ने “सहमती उत्पादन” गर्ने काम गर्छन् । नेपाल भित्र पनि यिनले शासकहरूको कुरा “ठीक” भनेर ठूलो स्वरमा भन्ने तर “जनजाती तथा सिमान्तिकृत समुदायको अधिकार”को कुरा गलत हो भन्ने “सहमती उत्पादन” गरिरहेकाछन् ।

४) रासस, कान्तिपुर तथा रिपब्लिका जस्ता मिडीया हाउसले “मूलधारको मिडीया”को काम गर्ने हैसियत राख्छन् भन्ने हो भने यिनले भारतीय सत्ता पक्ष र पाश्चात्य पुँजीवादी पक्षको धारणा “ठीक छ” भनेर “सहमती उत्पादन” गर्छन् र “जनजाती तथा सिमान्तिकृत समुदायको अधिकार”को कुरालाई निरन्तर बेवास्ता गरेर ध्वस्त गर्ने काम गरिरहेछन् ।

५) पछिल्लो समयमा केही ‘नेटन्यूज पोर्टाल’हरू पनि सुरु भएकाछन् । जसको आफ्नै “न्यूज सोर्स” छैन । तिनले रासस, कान्तिपुर र रिपब्लिका जस्ता मिडीया हाउसले नै उत्पादित गरेका न्यूज-मेटर्श र फेसबुकबाट झरेका “न्यूज”हरू “कट & पेष्ट” गर्ने भएकोले यिनले अहिले नै छुट्टै “सहमती उत्पादन” गर्ने हैसियत राख्दैनन् ।

६) ताजा घटनाहरू – १) राज्य पुन:संरचना गर्ने बेलामा “लिम्बुवान” “नेवा” “मगरात” जस्ता प्रस्ताबित नामांकनहरूलाई “मूलधारको मिडीया”ले नकारात्मक किसिमले “जातिय राज्य हुँदै हुन्न” भनेर युद्धस्तरमा प्रचार गर्‍यो र “लिम्बुवान” “नेवा” “मगरात”का पक्षधर प्रचण्ड र बाबुराम समेत हारेर “जातिय राज्य हुन सक्दैन” भन्न पुगे; २) टीकापुरको घटनालाई पनि “मूलधारको मिडिया”ले यस्तरी प्रचार गर्‍यो कि “थारुहरूकै गल्ती थियो” भन्ने “सहमती उत्पादन” भयो, रेशम चौधरी आजिवन जेल गए; ३) “कर्णाली प्रदेश”को माँगलाई बडो सकारात्मक तरिकाले प्रचार गर्‍यो र प्रदेश नंबर ६ बनाउँनेहरूलाई सजिलो भयो; ४) “मूलधारको मिडिया”ले नै मधेशको आन्दोलनलाई नकारात्मक किसिमले प्रचार गर्दा गर्दा सत्ता पक्षका नेता र मधेशी नेताहरूको सम्बन्ध नै तीतो बनाईदियो र परिस्थिती “नाकाबन्दी”मा पुग्यो ।

युद्धमा जासुस र मिडीया सबैभन्दा “फ्रन्ट लाईन”मा हुन्छन् । तेसैले भनिन्छ कुनै पनि मुलुकमा ‘सीआईए’ र ‘रअ’ले सबैभन्दा पहिले मिडीयालाई हात लिएर काम थाल्छन् । नेपालका कुनकुन मिडीया, सम्पादक, प्रेस सल्लाहकारलाई क-कसले ‘आफ्नो’ बनाएर काम गरिरहेछन् भन्नेबारे कसैले अध्ययन गरेको छैन । तर अन्य मुलुकमा भएका अध्ययनका आधारमा नेपालका मिडीयाहरुको ५-१० “कन्टेन्ट एनालेसिस” गरिहेर्ने हो भने कुन पत्रकार र पत्रिकाले कसको पक्षमा र कसको विपक्षमा काम गरिरहेछ भनेर “थाहा” नहुने कुरै छैन । द्वारिका चौधरीले पनि यी सबै कुरा थाहा पाएर नै अमुक मीडीया कर्मीलाई कारबाही गरेको हुनु पर्छ । 
————— ——————–

प्रकाशित : २८ जेष्ठ २०७६, मंगलबार ००:००