१५ बैशाख २०८१, शनिबार । April 27, 2024

समाचार

पाँचथरको स्थानीय तहमा नेकपा एकता टुंगियो




पाँचथर ७ चैत। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पाँचथरले जिल्लाका सबै स्थानीय तहमा पार्टी एकता प्रक्रिया टुङ्ग्याएको छ । लामो समयदेखि एकता टुगो लाग्न नसकीरहेको नेकपा पाँचथरका पालिकाहरुको एकता टुङगो लागेको हो । एकता गर्न गठित कार्यदलले पाँच स्थानीय तहको अध्यक्ष पूर्वनेकपा एमालेलाई र तीन स्थानीय तहको अध्यक्ष पूर्वनेकपा माओवादी केन्द्रलाई बाँडफाँट गरेर एकता प्रक्रिया टुङ्ग्याएको हो । फिदिम नगरपालिका, याङ्वरक गाउँपालिका, हिलिहाङ गाउँपालिका, कुम्मायक गाउँपालिका र फाल्गुनन्द गाउँपालिकामा पूर्वनेकपा एमालेले अध्यक्ष पाउँदा पूर्वनेकपा माओवादी केन्द्रले फालेलुङ गाउँपालिका, तुम्बेवा गाउँपालिका र मिक्लाजुङ गाउँपालिकामा अध्यक्ष पाएको छ । प्रदेस, जिल्ला र पालिका कमिटिहरु निर्माणमा ढिलाई भईरहेका बेलामा पाँचथरमा भने गठित कार्यादले २०७५ फाल्गुन २८ गते पालिका कमिटिहरुको नामावली सिफारिस गरि २०७५ चैत्र ३ गते बसेको प्रदेस कमिटिको प्रथम पुर्ण बैठकबाट अनुमोदन भईसकेको छ । गाउँपालिकाहरुमा क्रमस याङवरक गाउँपालिकामा सुवास योङ्या अध्यक्ष अर्जुन बेघा सचिव, हिलिहाङ गाउँपालिकामा भुवानी प्रसाद लिङ्देन अध्यक्ष रबिन तिम्सिना सचिव, फालेलुङ गा.पा.मा महेन्द्र जबेगू (फुङनिमा) अध्यक्ष सुर्दशन सचिव, फाल्गुन्नद्र गा.पा.मा बिरवहादुर कुरुङबाङ अध्यक्ष देवी थापा सचिव, कुम्मायक गा.पा.मा मेघराज निरौला अध्यक्ष प्रकाश काफ्ले सचिव, तुम्बेवा गा.पा.मा खड्ग सुन्दर सम्बाहाम्फे अध्यक्ष प्रताप सचिव र मिक्लाजुङ गा.पा.मा दिनेश कुमार लावती अध्यक्ष छविलाल लावती सचिव रहेको छ । फिदिम नगरपालिकामा भने बिरेन्द्र तुम्बापो (प्रतिक) अध्यक्ष देवी थापा सचिव गरी कुल संख्या ८१ रहेको छ । जिल्लाको एकता भने ९९ प्रतिशत काम सम्पन्न भई सकेको छ । जनवर्गीय संगठनहरुको एकतामा केहि समय लाग्ने कार्यदल संयोजन डम्बरसिंह सम्बाहाम्फेले बताउनु भयो । पालिका कमिटिहरुको बैठक तथा सफथग्रहण कार्यक्रम समेत तया भएको छ । फाल्गुन्नद्र गा.पा.को २०७५चैत्र १० गते घुर्बिसे पञ्चमीमा, मिक्लाजुङ गा.पा.को २०७५चैत्र ११ गते रवि, तुम्बेवा गा.पा.को २०७५चैत्र १२ गते मोवा, कुम्मायक गा.पा.को २०७५चैत्र १३ गते जनभवन यासोक, फालेलुङ गा.पा.को २०७५चैत्र १४ गते मच्छेबुङ, याङवरक गा.पा.को २०७५चैत्र १५ गते थर्पु,हिलिहाङ गा.पा.को २०७५चैत्र १६ गते गोपेटार शेर्पा संघको भवन र फिदिम नगरपालिकाको २०७५चैत्र १७ गते जिल्ला समन्वय समितिको सभा हलमा हुने भएको छ ।

प्रकाशित : ७ चैत्र २०७५, बिहिबार ००:००