२३ बैशाख २०८१, आइतबार । May 6, 2024

समाचार

इन्द्रेणी माध्यामिक विद्यालयमा शैक्षिक सामाग्री वितरण




पाँचथर । पाँचथरको तुम्बेवा ३ स्थित श्री इन्द्रेणी माध्यामिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । २०७५ पुष १ गते स्थापना गरीएको युवा परिचालन अक्षयकोष पाँचथरले विद्यालयका २६ जना छात्रछात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेकोे हो । विद्यालयका छात्रछात्राहरुलाई कापी, डटपेन, पेन्सिल र अवश्यक अन्य सामाग्री सहित जम्मा २२ हजार बराबरको सामाग्री वितरण गरीएको हो । गरीव, जेहेन्दार, उत्कृष्ठ, अभिभावक विहिन, शहिद परिवार, पिछडिएको वर्ग÷समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने उदेश्यका साथ स्थापना भएका अक्षयकोषले आइतबार उक्त सामाग्री वितरण गन गरेको संस्थाका अध्यक्ष प्रदिप बास्कोटाले बताउनु भयो ।

कार्यक्रममा खडग सम्बाहाम्फेको प्रयोजनमा शैक्षिक सामाग्री वितरण गरिएको थियो । कार्यक्रमको प्रमुख अथिती तुम्बेवा गाउँपालिका प्रमुख होमनाथ थापा , विशेष अथिति पूर्व विद्यार्थी नेता खडग सम्बाहाम्फे, तुम्बेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दाहाल, इन्द्रेणी माध्यामिक विद्यालयका अध्यक्ष तथा तुम्बेवा गाउँपालिका वडा न.३ का अध्यक्ष कमल थापा , इन्द्रेणी माध्यामिक विद्यालयका प्रधानाध्यापक युद्ध थापा आतित्यतामा खडग थापाको सञ्चालमा सम्पन्न भएको हो ।

प्रकाशित : ४ चैत्र २०७५, सोमबार ००:००