१७ बैशाख २०८१, सोमबार । April 29, 2024

समाचार

०७६ सालमा १५ दिन मात्र राष्ट्रिय विदा



काठमाण्डौ । ०७६ सालमा सरकारले १५ दिन मात्र राष्ट्रिय विदा दिने भएको छ । सार्वजनिक विदा सम्ब्न्धी शुक्रबार प्रकाशित राजपत्रमा शानिबार बाहेक १५ दिन मात्र विदा हुने उल्लेख छ ।
राजपत्रमा प्रकाशित सुची अनुसार आगामी बर्ष शनिवार सहित ६७ वटा सार्वजनिक विदा परेको छ ।

मुलुक भरी विदा हुने पर्वहरु नयाँ बर्ष, होलि र शिवरात्रि रहेका छन् । घोडेजात्रा, गाईजात्र, भोटो देखाउने जात्रा र इन्द्र जात्रामा काठमाडौँ उपत्यकामा मात्र विदा हुने छ । दशैँ विदा असोज १८ देखि २२ सम्म रहेको छ । तिहार विदा कार्तिक १० देखि १२ सम्म रहेको छ । विश्व मजदुर दिवस, संबिधान दिवस , अन्तर्राष्ट्रिय महिला दिवस र बुद्ध जयन्तिमा पनि देश भर विदा हुनेछ ।

तीजका दिन महिला कर्मचारीहरुलाई मात्र सार्वजनिक विदा दिइएको छ । जितिया पर्व मनाउने मधेसका महिला कर्मचारीले असोज ५ गते विदा दिईएको छ । अपांगता भएका कर्मचारीलाई मंसिर १७ गते मंगलबार अन्तर्राष्ट्रिय अपांगता दिवसमा विदा पाउने छन् ।शिक्षण संस्थाहरुमा माघ १६ गते विहीबार श्रीपञ्चमीको दिन विदा दिइएको छ । फाल्गुनन्द जयन्तीमा किराँत धर्मावलम्बीलाई विदा दिइएको छ ।

यस बाहेक सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका सम्बन्धितलाई मात्र सार्वजनिक विदा दिएको छ ।

प्रकाशित : २ चैत्र २०७५, शनिबार ००:००