२० बैशाख २०८१, बिहिबार । May 2, 2024

Uncategorized

भूउपयोग , विशेष आर्थिक क्षेत्र, सार्वजनिक निजी साझेदारी तथा लगानी  र  प्रदेश लोकसेवा आयोग  विधेयक स्वीकृत



भूउपयोग विधेयक प्रस्ताव प्रस्तुत संघीय संसद भवन, नयाँबानेश्वरमा बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमाकुमारी अर्याल प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त …¦भूउपयोग विधेयक, २०७५ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै । तस्वीर : रत्न श्रेष्ठ, रासस

काठमाडौँ, ३० फागुन (रासस) ः राष्ट्रियसभाको आजको बैठकले चार विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । ती विधेयकमा ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘भूउपयोग विधेयक २०७५’ छन् । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५ र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले भूउपयोग विधेयक प्रस्तुत गर्नुभएको थियो ।

विधेयकमाथिको छलफलमा ठगेन्द्रप्रकाश पुरी, राधेश्याम अधिकारी, रामनारायण बिंडारी, अनिता देवकोटा, दुर्गाप्रसाद उपाध्याय र बृन्दादेवी आलेले भाग लिँदै जमीनको प्रभावकारी वर्गीकरणको आवश्यकता औँल्याउनुभयो । मन्त्री अर्यालले कृषियोग्य जमीन बाँझो नछाड्न र भूउपयोगलाई व्यवस्थित गर्न विधेयक आएको हो भन्नुभयो । उहाँले जमीनको परीक्षणका आधारमा उपयोगिता र वर्गीकरण गरिने स्पष्ट पार्नुभयो ।
बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक ‘सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक, २०७५’ र राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) २०७५’ विधेयक पनि स्वीकृत गरेको छ ।
प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय, संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बैठकमा प्रदेश लोकसेवा आयोगसम्बन्धी विधेयक प्रस्तुत गर्नुभएको थियो । यसैगरी बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक चैत ४ गते अपराह्न १ बजे बस्नेछ ।

प्रकाशित : ३० फाल्गुन २०७५, बिहिबार ००:००