१८ बैशाख २०८१, मंगलबार । May 1, 2024

समाचार

पथरीमा तामाङको मृत्य रहस्यमय बन्दै

प्रहरीको प्रमुख भन्छन अनुसन्धान गदैछौं



मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा भर्खरै खुलेको सिक्का बार एण्ड लन्च कम्पनीमा फागुन १६ गते राति साढे १० बजे २६ बर्षिय षडराज तामाङको मृत्य भएको थियो । पछिल्लो अनुसन्धानको क्रममा मृत्यु सहस्यमय बन्दै गएको देखिएको छ । तामाङ पथरीशनिश्चरे नगरपालिका—७ नम्बर वडाका स्थायी बासिन्दा हुन् । सिक्का बारमा खाने क्रममा राति दुई पटक झगडा भएको थियो । तामाङसहितको टोली ६ जना थिए । झापा दमकबाट आएको तीन महिलासहितको टोलीसँग नाच्दा छोइएको बिषयमा समान्य झागडा भएको थियो । सो बिषय दुई पक्षवीच मिलेपछि पुन होटल सञ्चालककसँग दोस्रो पटक झगडा भएको घट्नामा संलग्न व्यक्तिहरुबाट खुलेको छ । पथरीमा रहेको सिक्का बार पाँचौ तला माथि रहेको छ । मादक पदार्थ सेवन गरेका ग्राहकहरु र होटाल सञ्चालकसँग गरी दुई पटकको झगडापछि बाहिरिने क्रममा तामाङको शव भुइ तलामा भेटिएको थियो । मृतक तामाङको शवलाई नजिकै रहेको पथरी हस्पिटल प्रालीले मृत्यु भएको घोषणापछि इलाका प्रहरी कार्यालय पथरीको टोलीले उर्लाबारी मंगलबारे स्थित मंगलबारे अस्पताल पु¥याएको थियो । घट्नापछि प्रहरीले गहिरिएर अनुसन्धान नभएको भन्दै पीडित परिवारले आइतबार पथरीमा पत्रकार भेटघाटको कार्यक्रम गरी सत्य, तथ्य खोज्न सहयोग गर्न गुहार मागेका छन् । पत्रकार भेटघाटमा मृतक तामाङको दिदी टिका तामाङ र भाउजु आङ्रिता तामाङ लगायत आएका थिए । दिदी टिका तामाङले भाई षडराजको हत्या भएको किटान गरिन् । प्रहरी र होटल सञ्चालकहरुले सिक्का बारको तल्लो तलाबाट खसेर हत्या भएको भन्ने बनाउन खोजेको भन्दै घट्ना त्यता मोड्ने प्रयास भइरहेको बताए । यद्यपि भाइको शवको प्रकृति हेर्दा चार तला माथिबाट खसेको प्रमाणित नहुने पीडित परिवारको भनाइ छ । मृतक तामाङको शव घोप्टो परेको अवस्थामा भेटिएको थियो । ‘घोप्टो परेर चार तलाबाट खसाइदा वा खस्दा दाँत, नाक, अनुहारमा चोटपटक देखिनु पर्ने, हातखुट्टा भाँचिएको हुनुपर्ने’ दिदी टिका तामाङ भन्छिन ‘चार तलाबाट खस्दा नाकबाट रगत मात्र आउने सर्लक परेको शव हुनसक्छ ?’ उनि थप्छिन मृतकको जुत्ता, सट पेन्ट समेत सामान्य धस्एिको समेत देखिन्न । शव होटलको भित्ता भन्दा करिव १० फिट टाढा भेटिएको थियो । माथिबाट झरेकै भए सिधा तल झर्नुपर्ने पीडित पक्षको भनाइ छ । शवको टाउकोमा दुई वटा गहिरो चोट देखिएकोले कसैले रड प्रहार गरी हत्या भएको हुनसक्ने पीडित पक्षको दावि छ । घट्ना भएको आइतबार ११ दिन भइसक्यो । धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्ट मार्टम गरी उर्लाबारी मंगलबारे स्थित अस्पतालमा राखिएको छ । सत्य, तथ्य नखुलेसम्म वा ’हत्यारा’ पत्ता नलगाएसम्म शव अन्यष्ठी नगर्ने मृतककी भाउजु आङरिता तामाङले बताए । पोष्ट मार्टम रिपोर्ट अझै आएको छैन । पीडित परिवारले होटल सञ्चालक र झापा दमकको झगडिया टिमलाई पक्रेर कडा अनुसन्धान थालिनु पर्ने माग गरेका छन् । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी इन्स्पेक्टर कमल बजगाई आफै लडेर मरेको प्रमाणित गर्न लागि परेको पीडित पक्षको आरोप छ । भाइको होटल सञ्चालक वा दमकको टिमको आक्रमणबाट मृत्यु भएको दावी छ । सिक्का बार पथरीकै संजीव गिरी, धीरेन सुब्बा, नैना राई, सजन श्रेष्ठ, पुजन विक र मिलन श्रेष्ठले भर्खरै मात्र खोलेका हुन् । मृतक षडराजको होटल सञ्चालक मिलन श्रेष्ठसँग झगडा भएको तेजबहादुर तामाङले बताए । श्रेष्ठले तामाङसँगको रिसले आफ्नै होटलको टेवल ठटाएकोसम्म आफूलाई थाहा भएको उनले बताए । सिक्का सञ्चालक संजीव गिरीले भने षडराज तामाङलाई उनकै साथीले लिएर भुँइतलातर्फ झरेको बताए । आफूहरुको कुनै गल्ति नभएको होटल सञ्चालकहरुको भनाइ छ । उनीहरुको आफ्नै गुनासो छ । हाम्रो कम्पनी यतिका दिनदेखि बन्द छ । हामी दैनिक प्रहरी कार्यालयमा आउनु पर्छ । के हामीलाई मानसिक तनाव छैन ? हाम्रो पीडा कस्ले बुझ्ने ? सिक्का बार भएको भवनमा वारको आफ्नै, त्यस मुनि देव विकास बैंक र अझ तल्लो तलामा ट्रयु भ्याल्लु फेन्सी स्टोरको सीसी क्यामरेरा रहेको छ । घट्ना पछि तीनै वटाको सीसी क्यामेरा फुटेजहरुको अनुसन्धान भइरहेको छ । देव विकास बैकको सीसी क्यामेराको फुटेजको ६ मिनेट ३५ सेकेण्ड लगायतको तीन पटक गरेर २२ मिनेटको फुटेज डिलिट भएको पीडितको भनाइ छ । फुटेज पुरा भएको भए भाइ भवनको भुँइतलासम्म झरेको देखिन सक्ने पीडित पक्षको भनाइ छ । फुटेज प्रहरीले घट्ना भएकै राति लगेका थिए । फुटेज लिन दुई जना वडा अध्यक्ष समेत त्यहा पुगेको बुझिएको छ । घट्नाको क्षेत्रको शिल गरेर अनुसन्धान थाल्नुको साटो राति नै सीसी टिभीको फुटेज लानु र फुटेजको टाइम स्कीप गर्नु झनै रहस्यमय भएको पीडित पक्षको भनाइ छ । प्रहरीले भने फुटेज हराएको बारे आफूलाई थाहा नभएको बताए । तामाङको मृत्यु भइसकेपछि घट्नालाई गम्भीर ढंगले नहेरेको पीडित पक्षको भनाइ छ । मृत्यु भएपछि कडा अनुसन्धान गर्नुपर्नेमा लडेर मरेको बनाउने प्रयासमा जुटेको पीडित पक्षको भनाइ छ । प्रहरी निरीक्षक कमल बजगाईले भने अनुसन्धान प्रकृया नरोकिएको बताए । मृतक तामाङसँग मोरङ मिक्लाजुङको डिकबहादुर मगर, धादिङको रामहरी ढकाल, पथरीशनिश्चरे—२ मोरङका किसन राई, ७ नम्बर वडाको बलबहादुर तामाङ र तेजबहादुर तामाङसँगै रहेका थिए । साथिको मृत्य चार तलामाथिबाट झरेर वा कसैको प्रहारबाट हत्या भएको केही बताउन नसक्ने बताए । पथरीमा होटालहरु ९ बजे बन्द गर्नुपर्ने नियम राखिएको छ । घट्ना साढे १० बजे भएको छ । राति अवेरसम्म सिक्का बार एण्ड जन्च खुला रहनुमा पनि प्रहरी इन्स्पेक्टर कमल बजगाई र होटल सञ्चालक जिम्मेवारहुनु पर्ने पीडितको भनाइ छ । होटाल सञ्चालकलाई कडा कारबाही गर्न किटानी जाहेरीले रोकिएको भए आफूहरु किटानी जाहेरी दिनसमेत तयार रहेको मृतकको दिदी टिका तामाङले बताए ।

प्रकाशित : २६ फाल्गुन २०७५, आइतबार ००:००