१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

तस्बिर

सडकमा शिक्षक (फोटो फिचर)




कठमाण्डौ । अस्थायी परीक्षामा छुटेका, राहत, स्रोत व्यक्ति सट्टा शिक्षक र बाल विकास ९इसिडी०, साविक उमाविमा कार्यरत शिक्षकका विभिन्न छ वटा सङ्घ÷सङ्गठन सडक आन्दोलनमा उत्रिएका छन् । उनीहरुले अहिले नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । आइतबार र सोमबार माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वरसम्म ¥याली गरेका छन् । आन्दोलनका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास भएपछि सुरक्षाकर्मीले पानीको फोहरा प्रयोग प्रयोग गरेका थिए ।
मापदण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी एक वर्षभित्र शिक्षक सेवा आयोगबाट आन्तरिक÷खुला प्रतियोगितामार्फत एकपटकका लागि उमेरका हद नलाग्ने गरी स्थायीको प्रक्रियामा लैजानका लागि प्रबन्ध गर्ने उल्लेख छ । शिक्षक सेवा आयोगले गत असारमा अस्थायी शिक्षकका लागि आन्तरिक प्रतियोगिता गरेको थियो ।
सहमति कार्यान्वयनका लागि मन्त्रालयले ल्याउने सङ्घीय शिक्षा ऐनको मस्यौदा भइरहेको अवस्थामा शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनरत शिक्षकले यही फागुन २८ गतेदेखि हुने वार्षिक परीक्षा तथा आगामी चैत १० गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसइइ० मा समेत असहयोगको चेतावनी दिएका छन् ।

राहत तथा बाल विकास शिक्षक केन्द्रीय समितिले बाल विकास केन्द्रमा कार्यरत शिक्षकलाई उमेरको हदबन्दी हटाउनुपर्ने, सम्पूर्ण बाल विकास शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्नेलगायत माग उठाएको छ ।
विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा गइसकेकाले नेपाल सरकारले ‘विगतमा विद्यालयको शैक्षिक व्यवस्थापन र शिक्षकलाई प्राविधिक सहयोगका लागि स्थापना गरिएको स्रोत केन्द्रमा हाल कार्यरत स्थायी शिक्षकलाई दरबन्दी रहेको सम्बन्धित विद्यालयमा साविकको पदमा काज फिर्ता गर्ने’ निर्णय गरेपछि स्रोत व्यक्तिको सट्टामा कार्यरत अस्थायी शिक्षक र अस्थायी स्रोत व्यक्ति शिक्षकलाई अवकाशन दिने’ निर्णय यही फागुन ८ गते सार्वजनिक भएका कारण पनि सट्टा स्रोत व्यक्ति शिक्षक आन्दोलित भएका छन् ।
सट्टा शिक्षक सङ्घर्ष समितिका अध्यक्ष रामबाबु ढकालले सरकारले वार्तामा आमन्त्रण गर्नुको साटो आन्दोलनमा दमन गरेको भन्दै आपत्ति जनाए ।
हाल करीब ४० हजार राहत शिक्षक, ३६ हजार बाल विकास, छ हजार उमावि शिक्षक र ९९८ स्रोत व्यक्ति शिक्षकले आफ्नो पेशागत सुरक्षाको माग उठाएका छन् ।

शिक्षक आन्दोलनमा प्रहरी हस्तक्षेप भएको काङ्ग्रेसको आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राहत शिक्षकको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीबाट हस्तक्षेप भएको भनी विरोध गरेको छ ।

काङ्ग्रेस संसदीय दलले ‘सामुदायिक विद्यालयमा लामो समयदेखि अध्यापनरत राहत शिक्षकले काठमाडौँको नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन गरेको अवस्थामा प्रहरीको दमनबाट दर्जनौं शिक्षक घाइते भएको’ जनाएको छ ।

प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्तिमार्फत शान्तिपूर्ण रुपले प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकारमाथि सरकारले अङ्कुश लगाउने कार्य गरेको भनी आरोप लगाउँदै सरकारसँग राहत शिक्षकको माग पूरा गर्न आग्रह गर्नुभएको छ । उहाँले आन्दोलनमा घाइते भई उपचाररत शिक्षकको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

हेर्नुहोस मंगलबार नयाँ बानेश्वरको प्रदर्शनका फोटो

 

प्रकाशित : २१ फाल्गुन २०७५, मंगलबार ००:००