१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

राष्ट्रपतिसँग शिष्टाचार भेट



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको तोबियास फ्लुगेर नेतृत्वको जर्मनीको संसदीय प्रतिनिधिमण्डलले आज अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गरेको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल र सङ्घीय गणतन्त्र जर्मनीबीचको सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी तथा नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड शेफेरको उपस्थिति थियो ।

प्रकाशित : २१ फाल्गुन २०७५, मंगलबार ००:००