१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

समाचार

राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि



काठमाडौँ, १७ फागुन (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनामा श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

दिवङ्गत मन्त्री अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलिका लागि उहाँहरुको शव आज बिहानदेखि टुँडिखेलमा राखिएकोे छ ।

प्रकाशित : १७ फाल्गुन २०७५, शुक्रबार ००:००