१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

 सेनाले ऐतिहासिक किल्ला,गढी एकीकरण पदमार्ग निर्माण गर्ने प्रधानसेनापति पूर्णचन्द थापा



काठमाण्डौं । बुढानीलकण्ठ नगरपालिका वडा.न.७ स्थित भक्ति इन्टरनेशनल एकेडेमीको तेहैं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै,प्रधानसेनापति पूर्णचन्द« थापाले विद्यार्थीहरुको आकर्षक प्रस्तुतिको प्रशंसा गर्दै,वैज्ञानिक,व्यवहारिक,जीवन उपयोगी आधुनिक शिक्षाको भरमा उभिएको समाज परम्परागत शिक्षा प्रणाली विस्थापित भई उन्नत शिक्षा पद्धति स्थापित भएको अवस्थामा अत्तिरिक्त क्रियाकलाप विद्यार्थीहरुको निम्ति अपरिहार्य पाटो भएको बताए ।

विद्यार्थीले प्रस्तुत गरेका मेची देखि महाकाली झल्कने जातीय गीत,नृत्य,नाटक,अभिनय,झाँकीले,नेपाल विविधतामा एकता हो भन्ने,जुन प्रस्तुतिले देखाएको छ, त्यो हाम्रो इतिहास हो, यसलाई कदापी भुल्न नहुने धारणा राख्दै आजका छात्र,छात्रा भोलिका कर्णधार हुन् त्यसैले देशको इतिहास भाषा,कला संस्कृति अनेकतामा एकता हो भन्ने कुरालाई हामीले विर्सन नहुने धारणा राखेका हुन् । असल र अनुशासित शिक्षाले मानव जीवनमा नेतृत्व विकास,वृद्धि विकासमा ठूलो भूमिका निर्वाह गर्ने हुनाले,सो कुरालाई विद्यार्थीहरुले ध्यान दिएमा अवश्य लक्ष्य अनुरुपको गन्तव्यमा पुग्न सफल हुने उपस्थित विद्याथीहरुलाई ध्यानाकर्षण गराए । सो कार्यक्रममा प्रधान सेनापति थापाले,नेपाल एकीकरणका क्रममा प्रयोग भएका ऐतिहासिक किल्ला,गढीहरुको संरक्षण,पर्यटकीय प्रवद्र्धन साथै जीवन्त बनाउनका लागि ऐतिहासिक किल्ला,गढी एकीकृत पदमार्ग निर्माण गर्न नेपाली सेनाले तयारी गर्दै गरेको,सो एकीकृत पदमार्ग निमार्णका लागि विशेषज्ञहरुसँग परामर्श एवं छलफल भइरहेको कुरा बताएको हो । सो भाक्ति इन्टरनेशनल एकेडेमीको १३ औं वार्षिकोत्सवमा प्रधानसेनापति पूर्णचन्द« थापालाई विद्यालयले सम्मान समेत गरेको थियो । सोही कार्यक्रमा सैनिक श्रीमती संघकी अध्यक्ष दीपा थापालाई सम्मान स्वरुप कदरपत्र प्रदान गरिएको थियो । सो वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रिन्सिपल शंकर प्रसाद भट्ट,भक्ति इन्टरनेशनल एकेडेमीका संस्थापक अध्यक्ष फनेन्द« बहादुर थापा,विद्यालय व्यवस्थापन अध्यक्ष बद«ी बहादुर थापा,बुढानीलकण्ठ नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज नेपाल लगायतका वक्ताहरुले सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा अनुशासन,अध्यपन पद्धति साथै भौतिक संरचनाको अवस्थावारे धारणा राखेका थिए ।

प्रकाशित : १३ फाल्गुन २०७५, सोमबार ००:००