२२ बैशाख २०८१, शनिबार । May 4, 2024

अर्थ

हातेमालो सहकारीको बाह्रौं बाषिक साधारण सभा सम्पन्न




पाँचथर, फाल्गुन । पाँचथरको फिदिममा सञ्चालीत हातेमालो कृषि सहकारी संस्था लिमिटेडको बाह्रौं बाषिक साधारण सभा सम्पन्न भएको छ । शनिबार जिल्ला समन्वय समितिको सभा हलमा आयोति कार्यक्रम अन्तर्गत सहकारी संस्थाको उद्घाटन सत्र सम्पन्न भएको हो । ३२ जना शेयर सदस्यबाट शुुरु भएको सहकारीमा हाल ११ सय ३४ जना शेयर सदस्य रहेको छ । त्यसमा महिला ३९३, पुरुष ७३८, जनजाती ५०७, दलित १०९,मधेसी २७ र अन्य ५०० जना रहेको छन् । कार्यक्रममा संस्थाका कोषध्यक्ष देवीप्रसाद अधिकारीले संस्थाको संगाठानीक प्रगती प्रतिवेदन प्रस्तुती गर्दै अहिलेसंम्म गरेका गतिविधि सँगै सामाजिक उत्तरदायित्वलाई निर्वाह गरेर आगामी दिनमा अगाडी बढने बताए । सहकारीले कृषकलाई लक्षित गरेर आर्थिक उन्नती र मुलुकलाई समृदि तर्फ अग्रता दिएको कार्यक्रममा सल्लाहकारहरुले बताए । १८ जना सल्लाहकार समिति रहेको संस्थामा भएकाले गर्दा पनि अरु भन्दा राम्रो रहेको भन्दै बक्ताहरुले प्रसंशा गरे । २०७५ असार मसान्तसम्ममा संस्थाको शेयर पूँजी ७५,१६,२०० रहेको छ । त्यस्तै बचत तर्फ १००३१०५५रहेका छ । आर्थिक बर्ष २०७४–७५को लागि प्रस्तावि बजेट जम्मा ३३,००,००० र ७५–७६को लागि अनुमानित बजेट जम्मा ४५,००,०० रहेको छ ।
संस्थाको अघिल्लो बर्षको तुलनामा बृद्धि प्रतिशत सदस्य विस्तार तर्फ ७७.२०%,सहकारी शिक्षा कार्यक्रममा १३०% रहेको । साथै सहकारीले सूर्य निरौला कृषक पुरस्कार समेत वितरण गरेको छ । पुरस्कृत हुनेमा पुनम जबेगू (फिदिम १०) तरकारी खेती हेम बहादुर खत्री फालेलुङ उत्कृष्ट पशुपालक कृषक, विदुर बास्कोटा फालेलुङ , उत्कृष्ट बाख्रा पालन कृषक टिकामाया केरुङ, रुकमिडा खत्री फालेलुङ असल ऋणी, सोमनाथ विश्कर्मा असल दैनिक बचत कर्ता, कविता चापागाई असल ऋणी तथा कृषक,हरि प्रसाद रिजाल असल ऋणी र नेत्र प्रसाद रिजाल सानो डेरी तर्फ नगद,प्रमाण पत्र र दोसल्ला द्धारा पुरस्कृत गरिएको छ । कार्यक्रम हातेमालो कृषि सहकारी संस्थाका अध्यक्ष छबि बाँस्कोटाको अध्यक्षतामा प्रमुख अथिति फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ, बिशिष्ट अथिति प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारी नेकपाका नेता,नेपाली काङ्ग्रेसका जिल्ला सभापति, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि सेयर सदस्यहरुको उपस्थििति रहेको थियो ।

प्रकाशित : १२ फाल्गुन २०७५, आइतबार ००:००