१९ बैशाख २०८१, बुधबार । May 1, 2024

समाचार

बाल क्बलले सुरु ग¥यो बाख्रापालन



भद्रपुर । झापाको धुलाबारी माध्यमिक विद्यालयमा रहेको प्रकृति इको क्लबले आर्थिक स्रोतका लागि बाख्रापालन सुरु गरेको छ ।

एक वर्ष अघि राष्ट्रिय बाल क्लब सम्मेलनमा उक्त क्लबले उत्कृष्ट क्लबका रुपमा पुरस्कारबापत पाएको रु २५ हजारले चारवटा बाख्रा किनेर पाल्न शुरु गरेको हो । हाल विद्यालय परिसरमै रु दुई लाखभन्दा बढीका आठ खसीबाख्रा रहेको बाल क्लबका संरक्षक शिक्षक रमेश दाहालले बताए । जिल्लाकै नमूना क्लबका रुपमा रहेको यस क्लबमा आबद्ध विद्यार्थीले नै बाख्राको हेरचाह गर्दै आएका छन् । “बाख्राको हेरचाह र खानपानको व्यवस्था आफैँ विद्यार्थीले गर्छन्”, उहाँले भने, “बिहान बेलुका भने विद्यालयमा रहेका पालेले सहयोग गर्नुहुन्छ ।

 

विद्यालयमा प्राविधिक शिक्षकको रुपमा भेटेनरी कक्षा पनि सञ्चालन भइरहेको हुँदा बाख्रा बिरामी परेमा पनि विद्यार्थीले उपचार गर्दै आएको शिक्षक दाहालले बताए । बाल क्लबका विद्यार्थीले विद्यालयमा विभिन्न कार्यक्रम पनि गर्दै आएका छन् । उनीहरुले विद्यालयमा बालमैत्री धारा जडान, छात्रामैत्री शौचालय ९महीनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड र हरेक कक्षा कोठामा शुद्ध पिउने पानीको फिल्टरसमेत राखेका छन् ।
क्लबले बाल विवाह रोक्ने, चेतनामूलक नाटकलगायत कार्यक्रम प्रदर्शन गर्ने, हरित विद्यालय बनाउने अभियानसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । बाल क्लबका सचिव गोविन्द घिमिरेले प्रत्येक तीन÷तीन महीनाको अन्तरालमा आफूहरूले फिनल्याण्डमा रहेको बाल क्लबका सदस्यसँग स्काइपमार्फत बाल अधिकारसम्बन्धी अन्तक्र्रियासमेत गर्ने गरेको बताए ।
“हामीले गर्ने विभिन्न कार्यक्रममा लाग्ने खर्चका लागि प्रत्येक महीना विद्यार्थीबाट रु पाँच क्लबमा जम्मा गर्छौं”, सचिव घिमिरेले भने, “विद्यालयमै क्लोरिन झोल ९पानी शुद्धीकरणमा प्रयोग गरिने० उत्पादन गरेर अभिभावक र अन्य विद्यालयलाई समेत बेच्दै आएका छौँ ।”
विद्यालयमा कक्षा १ देखि १२ सम्म दुई हजार १४५ विद्यार्थी रहेकामा कक्षा १ देखि १० सम्मका एक हजार ३४५ विद्यार्थी क्लबमा आबद्ध छन् ।

प्रकाशित : २ फाल्गुन २०७५, बिहिबार ००:००