१५ बैशाख २०८१, शनिबार । April 27, 2024

मुख्य खबर

ग्यास चुहिएर आगलागी



बलेवा, २८ माघ । आज बिहान बागलुङ बजारस्थित हाडेपाखामा ग्यास चुहिएर आगलागी भएको छ । बानपा–२ का रेशमबहादुर विश्वकर्माको घरमा आगलागी भएको प्रहरीले बताएको छ ।

एलपी ग्यासको सिलिण्डर खुला छाडेका कारण लिग भएर आगलागी हुँदा घरमा क्षति भएको छ । डेरामा बस्ने पार्वती विश्वकर्माले ग्यास खुला छाडेकाले उक्त आगलागी भएको थियो । समयमै प्रहरी र दमकललाई जानकारी गराइएकाले घटनामा ठूलो क्षति भने भएन ।

प्रकाशित : २८ माघ २०७५, सोमबार ००:००