१५ बैशाख २०८१, शनिबार । April 27, 2024

मुख्य खबर

प्याब्सनमा अधिकारी 



भक्तपुर, २८ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर शाखाको १४औँ जिल्ला अधिवेशनले चन्द्र अधिकारीको अध्यक्षमा सर्वसम्मत् नयाँ कार्यसमिति गठन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वयमा राजन कसपाल र बिणा पाण्डे, सचिवमा कुमार श्रेष्ठ, कोषाध्यक्षमा डिल्लीराज जोशी, सहसचिवद्वयमा नारायणकृष्ण श्रेष्ठ र सोमकृष्ण प्रजापति तथा सहकोषाध्यक्षमा विष्णुकुमारी थापा चयन हुनुभएको छ ।

सदस्यहरूमा रमेशचन्द्र श्रेष्ठ, निलेश आचार्य, सानुराजा कार्की, राममणि न्यौपाने, लक्ष्मी कुटु, कृष्ण कार्की, ईश्वरबहादुर श्रेष्ठ, टङ्कप्रसाद सिटौला र सूर्यबहादुर भण्डारी तथा महाधिवेशन प्रतिनिधिमा शिवकृष्ण श्रेष्ठ, रामप्रसाद सुवेदी, नीरञ्जन श्रेष्ठ, प्रदीप थापा, गणेशबाबु पोखरेल, विनोदकुमार कोइराला र कमलादेवी अमात्य राजभण्डारी चयन हुनुभएको छ ।

प्रकाशित : २८ माघ २०७५, सोमबार ००:००