१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

अलपत्र १७९ जनाको उद्दार



काठमाडौँ, २४ माघ । मानव तस्करी गरी अलपत्र पारिएको आशङ्कामा भारतबाट १७९ जना नेपालीको उद्धार गरिएको छ । मुलुकका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारको सिलसिलामा भारतको मनिपुरस्थित इनफाल पु¥याइएका ३२ पुरुष र १४७ महिलालाई उद्दार गरिएको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।

भारतीय प्रहरीको सहयोगमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका काउन्सुलर (सहचारी) प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अधिकारीको टोलीले बुधबार उनीहरुको उद्धार गरेको प्रहरीले आज जनाएको छ ।

उद्दार गरिएकालाई नेपाल ल्याउन प्रक्रिया शुरु गरिएको र सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मनिपुरमा पहिलो यस्तो घटना भएको जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले उनीहरुलाई नेपाल ल्याइएपछि थप कारण खुल्ने बताउनुभयो । विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुको उद्धार गरेको भन्दै सुवेदीले यसका बारेमा भारतका प्रहरीसँग समेत सूचना सङ्कलन गरिने जानकारी दिनुभयो ।

प्रकाशित : २४ माघ २०७५, बिहिबार ००:००