१६ बैशाख २०८१, आइतबार । April 28, 2024

मुख्य खबर

अमेरिकी नागरिकमाथि मेक्सिको गोली हानी हत्या



आकापुल्को, मेक्सिको, २० माघ ।  मेक्सिकोको गुइर्रेरो राज्यमा बस्दै आएका अमेरिकी नागरिकलाई एक समूहले गोली हानी हत्या गरेको छ ।

आकापुल्को शहरमा बस्दै आएका उनले औषधीय गुण भएको गाँजालाई वैधानिकता दिनुपर्ने पक्षमा समर्थन गर्दै आएका बताइएको छ । स्थानीय सञ्चारमाध्यमले मारिने अमेरिकी नागरिकको नाम जोन गाल्टन रहेको बताएका छन् ।

अभियोजनकर्ताको कार्यालयले जनाएअनुसार गाल्टनलाई उनकै घरमा मारिएको थियो । उनको घरमा औषधिको प्रयोगशाला र गाँजाका विरूवाहरू भेटिएका मेक्सिकोका अधिकारीले बताएका छन् ।

प्रशान्त महासागरीय क्षेत्रमा अवस्थित उनी बस्दै आएको एक घरमा छ जना बन्दूकधारी प्रबेश गरेका र एकाएक गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना सख्त घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीले घटनामा सङ्गठित ड्रग अपराधमा लागेको समूहको हात रहेको बताएको छ ।

मेक्सिकोमा ड्रगसम्बन्धि हिंसामा सन् २००६ को डिसेम्बरपछि कम्तिमा दुई लाख मानिसको मृत्यु भएको छ सरकारी तथ्याङ्क छ ।

प्रकाशित : २० माघ २०७५, आइतबार ००:००