२३ बैशाख २०८१, आइतबार । May 6, 2024

समाचार

एकीकृत घुम्ती शिविरबाट चार सय जना लाभान्वित



म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा शनिबार सञ्चालित एकीकृत घुम्ती शिविरबाट करीब चार सय जना लाभान्वित भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले मालिका गाउँपालिका र वडा कार्यालयसँगको समन्वयमा आयोजित शिविरबाट ३८७ लाई नागरिकता र ज्येष्ठ नागरिक परिचयपत्र वितरण, तस्वीरसहितको मतदाता नामावली दर्तालगायतका सेवा प्रवाह गरेको छ ।

शिविरमा ९३ नयाँ र १३ प्रतिलिपी नागरिकता वितरण

गरिएको सहायक प्रजिअ लीलादेवी अर्यालले बताए । दरवाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र र देवीस्थान स्वास्थ्यचौकीको टोलीले १७२ लाई स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा दिएको वडाध्यक्ष पिपला बुढाथोकीले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयको टोलीले ५० जनाको तस्वीरसहितको मतदाता नामावली दर्ता गराएको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाले ५३ ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । भौगोलिक रूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दालाई घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको प्रअिज लीलाधर अधिकारीले बताए । शिविरमा जुक्जा, राजदाङ, मगरदाङ, रुन्मालगायत बस्तीका बासिन्दाले सेवा पाएका छन् ।

प्रवासीको सहयोगमा सिसिटिभी क्यामेरा जडान

एक प्रवासीले जलजला गाउँपालिकाको मिलनचोक र मोहनचोकमा व्यक्तिगत लगानीमा सिसीटिभी क्यामरा जडान गरीदिएका छन् । मिलनचोक घर भई व्यवसायको सिलसिलामा अष्टे«लियामा रहनुभएका तुलबहादुर पुन ९संसार० को सहयोगमा मिलनचोकमा तीन र मोहनचोकमा एक सिसीटिभी क्यामरा जडान गरिएको हो ।

मालढुङ्गा–बेनी सडकअन्तर्गत पर्ने मिलन र मोहनचोकमा अपराध, दुर्घटना र विकृति न्यूनीकरणका लागि बजार व्यवस्थापन समितिले जडान गरेको सिसीटिभी क्यामरामार्फत अस्थायी प्रहरी चौकी मिलनचोकबाट निगरानी गर्न सकिने भएको छ ।

सिसीटिभी र पावर ब्याकअप खरीद तथा जडानका लागि जलजला गाउँपालिका–६ ठोट्नेरीमा जन्मिनुभएका पुनले रु एक लाख ४० हजार व्यक्तिगत रूपमा सहयोग गर्नुभएको स्थानीय ओमप्रकाश शर्माले बताए ।

प्रकाशित : २० माघ २०७५, आइतबार ००:००