१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

चितुवालाई गोली लागेको पुष्टि



डोटी, १९ माघ । मृत अवस्थामा फेला परेको चितुवा गोली लागेर मरेको पुष्टि भएको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं ८ लडागडाको टिमुरदह गाउँ नजिकै ब्रमण्डी सामुदायिक वनमा उक्त चितुवा आज मृत अवस्थामा फेला परेको थियो ।
मृत अवस्थामा भेटिएको चितुवा डिभिजन वन कार्यालय डोटीमा ल्याएर पशु चिकित्सकको टोलीले पोष्टमार्टम गर्दा गोली लागेको पुष्टि भएको डिभिजन वन अधिकृत रामविचारी ठाकुरले बताउनुभयो ।

प्रकाशित : १९ माघ २०७५, शनिबार ००:००