१७ बैशाख २०८१, सोमबार । April 29, 2024

पर्यटन

उपराष्ट्रपति पुनद्वारा पर्यटकीय क्षेत्र भ्रमण



नवलपरासी, १८ माघ ।  उपराष्ट्रपति नन्दबहादुर पुनले आज नवलपरासीमा रहेका विभिन्न ऐतिहासिक धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलको भ्रमण गर्नुभएको छ ।

उहाँले पूर्वी नवलपरासी गजेन्द्रमोक्ष धाम र त्रिवेणी धाम तथा पश्चिम नवलपरासी गौतमबुद्धको मावलीस्थल पण्डितपुर र देवदह ताललगायत भ्रमण गर्नुभएको हो । उहाँले विभिन्न ऐतिहासिक धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलको भ्रमणका साथै सो क्षेत्रबारेमा जानकारीसमेत प्राप्त गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।

पश्चिम नवलपरासीको सुनवलमा आयोजित प्रथम औद्योगिक व्यापार मेला एवं लोक सांस्कृतिक पर्यटन महोत्सवको उद्घाटनको क्रममा बिहीबार नवलपरासी आउनुभएका उपराष्ट्रपति पुनले आज यहाँका विभिन्न क्षेत्र धार्मिक ऐतिहासिक र पर्यटकीय स्थलको भ्रमण गर्नुभएको हो ।

प्रकाशित : १८ माघ २०७५, शुक्रबार ००:००