१५ बैशाख २०८१, शनिबार । April 27, 2024

मुख्य खबर

कतारका अमिरले चीनको भ्रमण गर्ने



बेइजिङ, १५ माघ ।  कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आउँदो बुधबार चीनको दुई दिवसीय औपचारिक भ्रमणमा आउनुहुने भएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा यो भ्रमण हुन लागेको चिनीया विदेश मन्त्रालयले जनाएको छ ।

छिमेकी देशहरुको नाकाबन्दी भोग्दै आएको अरबी मुलुक कतारका अमिरको शक्तिशाली राष्ट्र चीनको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

सन् १९८० को जुन ३ मा कतारको राजधानी दोहामा जन्मनुभएका तमिम सन् २०१३ मा अमिर बन्नु भएको थियो । उहाँले १९९८ मा बेलायतको शाही सैन्य प्रतिष्ठानबाट स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ ।

प्रकाशित : १५ माघ २०७५, मंगलबार ००:००