१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

चट्याङ लागेर घाइते भएकी महिलाको मृत्यु



अछाम, १२ माघ । अछाममा चट्याङ लागेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । 

चट्याङबाट घाइते भएकी पञ्चदेवल विनायक नगरपालिका–७ का २२ वर्षीया धना रावलको शुक्रबार दिउँसो गाउँमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार यही माघ ९ गते चट््याङबाट उनको टाउको र दायाँ हातमा चोट लागेको थियो । चोट लागेर सामान्य अवस्थामा देखिएको उनको एक्कासी मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट््याङका कारण धनासहित सो गाउँका १७ घाइते भएका थिए भने अघिल्लो दिन बान्नीगढी जयगढ गाउँपालिका–५ कालिका सुगालीमा पनि १४ वर्षीया किशोरी चट््याङ लागेर घाइते भएकी थिइन् ।

प्रकाशित : १२ माघ २०७५, शनिबार ००:००