१७ बैशाख २०८१, सोमबार । April 29, 2024

प्रोफाइल

भीष्मराज आङ्देम्बे



भीष्मराज आङ्देम्बे

प्रतिनीधिसभा उम्मेदवार, काङ्ग्रेस, पाँचथर 

प्रतिनीधिसभामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भीष्मराज आङ्देम्बे राजनीतिक घरानाका सदस्य हुन । उनका बाजे प्रेमराज आङ्देम्बे २०१३ सालमा विपि कोइरालाको मन्त्री परिषदमा थिए ।दास्रो संविधानसभामापाँचथर क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचितनिवर्तमान सांसद आङदेम्बेसंसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति समेत भए । उक्त समितिले उद्योग वाणिज्य साथै उपभोत्ता हितको विषयमा छलफल र आवश्वयकता अनुसार सरकारलाई निर्देशन दिने गर्छ । आङ्देम्बे सभापति भएको बेला राम्रै प्रशंसा बटुलेका थिए ।
आङ्देम्बेलाई पाँचथरवासी एक हक्की, साहसीलो नेताको रुपमा लिन्छन् । उनकोजन्म साविक नवमीडाँडामा बुवा घनेन्द्रराज आङ्देम्बे र आमा डम्बरकुमारी आङ्देम्बेको कोखबाट वि.स. २०२१ असोज १५ गते भएको हो । कानुनमा स्नातक आङ्देम्बेले प्रारम्भिक शिक्षा नवमीडाँडा, इलाम र भारतको कालिपुङबाट लिएका थिए ।
आङ्देम्बेको परिवार र राजनीति परिपुरक जस्तै थिए । पञ्चायतका स्थायी सत्रुका रुपमा रुपमा परिवार भएकाले भीष्मराजको राजनीतिक विषयसंग बाल्यकालदेखि नै निकटता रह्यो । उनी १३ बर्षको कलिलो उमेरदेखि राजनीतिमा सक्रिय छन् । उनी नेपाली काङ्ग्रेसको जिल्ला तह, नेविसंघ केन्द्रिय सदस्य र तरुण दलका केन्द्रिय उपाध्यक्ष हुदै हाल पार्टीको केद्रिय सदस्य तथा जनजाति विभाग प्रमुका रुपमा रहेका छन् । आफ्नो परिवारको राजनीतिक विरासत भए पनि यहाँसम्म आफ्नै बल बुता, त्याग तपस्या, मेहनत र धेर्यताले आईपुगेको बताउँछन । वि.स. २०५६ र २०६४ का निर्वाचनमा उनी पराजित भएका थिए । तर पनि हार मानेनन् दोस्रो संविधानसभाको निर्वाचनमा पुनः उमेदवारी दिए । विजयी बने । यो संघर्ष र धैर्यताको एउटा राम्रो नमुना हो । आङ्देम्बेलाई जेल नेलको पनि राम्रै अनुभव छ । लोकतन्त्रको संस्थागत विकास र संविधान कार्यन्वय, शैक्षिक, सामाजिक, आर्थिक, यातायात तथा पाँचथरका भौतिक पूर्वाधार विकास र समग्र पाँचथरको विकास आफ्नो चुनावी एजेण्डा रहेको आङ्देम्बेले बताउँछन् ।

प्रकाशित : १ मंसिर २०७४, शुक्रबार ००:००