१६ बैशाख २०८१, आइतबार । April 28, 2024

मुख्य खबर

हजार्रौ प्रदर्शनकारीद्वारा क्याटलोनियाली र स्पेनी नेतालाई वार्ता गर्न माग



बार्सिलोना, स्पेन, २१ असोज (रासस÷सिन्ह्वा) ः स्पेनको बार्सिलोना तथा म्याड्रिड शहरमा क्याटलोनियामा भएको जनमतसङ्ग्रहपछि आएको अन्यौललाई व्यवस्थापन गर्न वार्तामा बस्न नेताहरूलाई आग्रह गर्दै हजारौँको सङ्ख्यामा प्रदर्शन भएको छ ।

प्रदर्शनकारीले स्पेनी तथा क्याटलोनियाली नेतालाई दवाव दिन ‘हामी वार्ता गर्न सक्छौ ?’ भन्ने नारा लेखिएका व्यानर बोकेका सेतो टिसर्टधारी प्रदर्शनकारी हजारौँको सङ्ख्यामा सडकमा उत्रेका थिए । उनीहरूले न स्पेनी झण्डा बोकेका थिए नत क्याटलोनियाली नै ।

प्रदर्शनपछि प्रतिक्रिया दिँदै क्याटलोनियाली प्रमुख चाल्र्स पुइगडेमन्टले विवादित बनेको गत आइतबारको जनमतसङ्ग्रहको नतिजा जे आएपनि सकारात्मक परिणामका लागि पहल गर्ने प्रतिज्ञा गर्नुभएको छ ।

त्यसैगरी स्पेनी प्रधानमन्त्री मारिआनो रजोएले मतदान गैरकानूनी भएको बताउँदै क्याटोलोनिया स्पेनबाट कहीँ नजाने बताउनुभयो । उहाँले अलग्गिने कदम रोक्ने पूर्ण सम्भावना रहेको बताउनुभयो ।

हालै सम्पन्न जनमत संग्रहलाई स्पेनको संवैधानिक अदालतले असंवैधानिक घोषणा गरिसकेको छ ।

पृथकतावादी नेताहरुका अनुसार जनमत संग्रहमा ४० प्रतिशत अर्थात् करिब २३ लाख मानिसले मतदान गरेका थिए र त्यसमध्ये ९० प्रतिशतले छुट्टिनुपर्ने पक्षमा मत खसालेका थिए ।

प्रकाशित : २१ आश्विन २०७४, शनिबार ००:००