२३ बैशाख २०८१, आइतबार । May 5, 2024

ग्लोबल

भेनेजुयला सङ्कट समाधानका लागि थप राजनीतिक पहल आवश्यक : रक्षामन्त्री



काराकस (भेनेजुयला), १५ जेठ । भेनेजुयलाका राक्षामन्त्री भ्लादिमिर प्याड्रिनो लोपेजले मुलुकमा ब्याप्त समस्या समाधानका लागि सैनिक नभई थप राजनीतिक पहल गरिनुपर्ने सोमबार बताउनुभएको छ ।

भेनेजुयलाको एक टेलिभिजनमा प्याड्रिनोले भेनेजुयलामा पछिल्ला केही हप्तायता देखिएका विरोध प्रदर्शनले हिंसात्मक रुप लिएको बताउँदै यदि सम्बन्धित पक्षले राजनीतिक इच्छाशक्ति देखाएको भए आजसम्म आन्दोलन शान्त भइसक्ने थियो भन्नुभएको छ ।मन्त्री प्याड्रिनोले राष्ट्रपति निकोलस मादुरोद्वारा वार्ताका लागि आह्वान गरिसक्नुभएको बताउँदै यसमा सत्तापक्ष र प्रतिपक्षले सत्तालाई केन्द्रमा नराखी समस्या समाधान गर्न लाग्नुपर्ने बताउनुभयो । दुवैले देशको कठिन अवस्थालाई बुझ्दै आफ्ना धारणालाई केही लचक भएर प्रस्तुत गर्न उहाँको आग्रह रहेको छ ।

प्याड्रिनोले पेट्रोलियम पदार्थमाथि विदेशी गिद्दे दृष्टि लाग्दा समस्या जटिल बनेको भनी अमेरिकाको नाम नलिइकन वासिङटन प्रशासनको समेत साङ्केतिक आलोचना गर्नुभयो ।

प्रकाशित : १६ जेष्ठ २०७४, मंगलबार ००:००