१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

ग्लोबल

अमेरिकाको बाल्टिमोरमा साकेला शुभकामना



अमेरिका । यहाँस्थित राजधानी वासिङटन डिसी क्षेत्रका किरात राईहरुले साकेला शुभकामना आदनप्रदान कार्यक्रम गरेका छन् ।
बाल्टिमोर शहरमा आईतवार भेलाको आयोजना गरी शुभकामना आदन प्रदान कार्यक्रम भएको हो । कार्यक्रममा करिव ४० जना किरात राईहरुको उपस्थिति थियो । बाल्टिमोरको मेरिल्याण्ड राज्य सहित आसपासका अन्य राज्यहरु भर्जिनिया, डिसी, र पेन्सिलभेनिया बाट समेत किरात राईहरुको उपस्थिति थियो । सोही अवसरमा छलफलको आयोजना पनि गरिएको थियो । छलफलका क्रममा आगामी किराती चाडवाडमा यस्तै भेलाको आयोजना गर्नका लागि सहभागिहरुले मिलन राईलाई अगुवाई गर्न मुली चयन गरेका छन् । कार्यक्रममा युनाईटेड किरात राई एसोसिएसन अफ अमेरिका (युक्रा)का न्युयोर्क अध्यक्ष केशवराम राईको समेत ब्याक्तिगत उपस्थिति थियो । उनले मन्तब्यको क्रममा किरात राईहरुको सँस्कृति जगेर्ना र विकास गर्न सँस्था भन्दा समाजको भुमिका प्रभावकारी हुने बताए । साथै उनले डिसी क्षेत्रका राईहरुले अमेरिकामा रहेका अन्य किरात राईहरुलाई उदाहरण दिन सक्ने का गर्नेमा विश्वास ब्यक्त गरे ।

प्रकाशित : २ जेष्ठ २०७४, मंगलबार ००:००