१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

ग्लोबल

उडिरहेको जहाजमा मुक्का हानाहान



अमेरिका, १९ बैशाख । जापान बाट अमेरिका उडिरहेको यात्रुवाहक हवाईजहाज भीत्रका दुई यात्रु आपसमा मुक्का हानाहान भएको छ ।
मंगलबार भएको घटना पहिले ति दुई ब्याक्ति विच सामान्य विषयमा भनाभन परेको थियो । कहाँका नागरिक नखुलाईएपनि दुवैजाना गोरो वर्णको रहेका छन् । जापानको टोकियो देखि अमेरिकाको लसएन्जलस सम्म उडानमा रहेको अल निपोन एयरलाईन्समा यस्तो घटना भएको हो । केही मिनेटको मुक्का हानाहानलाई अरु यात्रुले हेरिरहेपछि जाहज परिचारिकाले उनिहरुलाई छुट्याएका थिए । करिव एक महिना पहिले पनि एक हवाईजहाज यात्रुलाई अमेरिकामा निर्घात कुटपिट भएको थियो । पछिल्लो घटनाको विषयमा सर्वसाधारणले सामाजिक सञ्जाल मार्फत विभिन्न टिप्पणी गरेका छन् । मादकपदार्थ सेवनले घटना घटेको जनाउँदै हवाईजहाजमा मादकपदार्थलाई प्रतिवन्ध गर्नुपर्ने बताएका छन् । दुवै घटनाको भिडियो रेकर्ड अन्य यात्रुले खिचेर सामाजिक संजालमा हालेका थिए ।

प्रकाशित : २० बैशाख २०७४, बुधबार ००:००