७ श्रावण २०८१, सोमबार । July 22, 2024

प्रोफाइल

स्थानीय राज्यमन्त्री श्री जबेगू



तत्कालिन समयमा एमालेको कार्यकर्ता भए पनि मदन भण्डारीले ल्याएको जनताको बहुदलीय जनवाद (जबज) ले छोएन् । बरु नौलो जनवादको कार्यदिशाले तान्यो । सायद यहि विन्दुबाट श्रीजबेगूमा सशस्त्र क्रान्तिको बीउ रोपियो पछि होमिए दश बर्षे युद्धमा ।
सात बर्ष भूमिगत राजनीति गरेका श्रीप्रसाद जबेगूको जन्म बुवा वीरप्रसाद जबेगू र आमा कौशिला जबेगूको कोखबाट याङनाम गाविस–७ अकासे भन्ने गाउँमा भएको हो । युद्धकै बीचमा पहिचान सहितको संघीयता स्थापित गर्ने हेतुले भक्तराज कन्दवाको नेतृत्वमा किरात मुक्तिमोर्चा गठन भयो । त्यसको सचिवका रुपमा रहे । पछि किरात राष्ट्रिय मोर्चा बन्यो त्यसको पनि सचिवकै रुपमा काम गरे । एक सभासदका रुपमा नेपालको संविधान २०७२ को निर्माण उनीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए
माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य जबेगू पूर्व क्षेत्रमा पहिलो पुस्ताका नेता हुन । दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट सभासद रहनुभएका जबेगू हाल माओवादी नेतृत्वको सरकारमा स्थानीय राज्यमन्त्री रहनु भएको छ ।

प्रकाशित : २९ श्रावण २०७३, शनिबार ००:००