१ बैशाख २०८१, शनिबार । April 13, 2024

Breaking

मदन भण्डारीको साताव्यापी जन्मजयन्ती कार्यक्रम



काठमाण्डौ । जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्ती साता व्यापी मनाउने तयारी गरिएको छ । मदन भण्डारी फाउण्डेशनले गरि आजदेखि १६ गतेसम्म विविध कार्यक्रम तय गरिएको जनाएको छ ।
नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीको यही असार १४ गते जन्मदिन हो ।
वैचारीक नेता नेता भण्डारीको विचार र उहाँको व्यक्तित्वका विविध आयमलाई फाउण्डेशनले उजागर गर्ने फाउण्डेशनका सचिव पेम्बा लामाले बताउनु भयो ।

पोखराबाट चितवनको कार्यक्रममा जाने क्रममा विसं २०५० जेठ ३ गते भण्डारी र सङ्गठन विभागका तत्कालिन प्रमुख जीवराज आश्रितको दासढुङ्गामा जीप दुर्घटनामा निधन भएको थियो ।

प्रकाशित : ११ असार २०७९, शनिबार ००:००